शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

होलीमा उच्छृङ्खल गतिविधी गर्ने ५० जनासहित १५० मोटरसाइकल प्रहरी नियन्त्रणमा

बुधबार, १० चैत २०७२, २० : ०६
बुधबार, १० चैत २०७२
सिरहा - सिरहामा होली मनाउने क्रममा अमार्यादित क्रियाकलाप गर्ने ५० जना व्यक्तिलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । होली खेल्ने क्रममा मादक पदार्थ सेवन गरी झगडा गर्नेहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक एसपी श्याम ज्ञावालीले बताए । त्यस्तै १५० मोटरसाइकललाई पनि प्रहरीले लिएको छ । प्रहरीले असुरक्षित तरिकाले सवारी चलाउने, मादक पदार्थ सेवन गरि सवारी चलाउने, हेल्मेट नलगाई सवारी चलाउनेलाई नियन्त्रणमा लिएको थियो । होलीलाई लक्षित गरी सिरहामा चोकचोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको थियो । सुरक्षाकर्मीले होलीमा जथाभावी गर्ने, जवरजस्ती रङ दल्ने र असुरक्षित तवरले मोटरसाईकल चलाउनेलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई कानुन बमोजिम कर्हाबाई गरिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक एसपी श्याम ज्ञावालीले जनाए । पक्राउ परेका हरुलाई जिल्ला प्रहरी लहान गोलबजार मिर्चाया प्रहरीमा राखेको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप