इकोटिरियल गुयानामा एनआरएनए को ७३ औ शाखा गठन
बुधबार, १० चैत २०७२, २० : १७
गुयाना - मध्य अफ्रिकी मुलुक इकोटिरियल गुयानामा एनआरएनए को ७३ औ शाखा गठन भएको छ | एनआरएनएका अफ्रीका क्षेत्रिय संयोजक सुनिल कार्कीका अनुसार भर्खरै गठन गरिएको गैर आवाशीय नेपाली संघ इकोटिरियल गुयाना राष्ट्रिय समन्वय समितिमा सन्त बहादुर बिष्ट अधक्ष्य रहेका छन् |
समितिमा इन्द्रसिंह लामा र कमल गौतम उपाध्यक्ष ,कृष्णचन्द्र सेढाई महासचिब र राजकुमार के .सी . कोषाध्यक्ष रहेका छन् भने सदस्यहरुमा प्रशान्त शर्मा , लबकुमार थपलिया ,उमेश दाहाल ,सुमन बिके . ,सुनिल बिके र दुतराज लामा चयन भएका छन् |
एनआरएनए अन्तराष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाका अनुसार इकोटिरियल गुयाना अफ्रिकाको मध्य पश्चिममा पर्ने अफ्रिकाकै प्रमुख तेल निर्यातक राष्ट्र मध्य एक राष्ट्र हो |
यहाँ करिब दुइ दर्जन नेपालीहरु विभिन्न ब्यबसायमा सलग्न छन् | इकोटिरियल गुयाना अब एनआरएनए को ७३ औं शाखा र र अफ्रिकाको १५ औं एनआरएनए शाखा हुनेछ |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण