शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चौधरी फाउण्डेसनद्वारा गोरखामा १७९ घर हस्तान्तरण

बुधबार, १० चैत २०७२, २० : २६
बुधबार, १० चैत २०७२

काठमाडौं – चौधरी फाउण्डेसनले गोरखा जिल्लाका एक सय ७९ भूकम्प प्रभावितहरुका लागि ट्रान्जिसनल होम (सिजी आश्रय) हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका वडा नम्बर १, ४ र १२ का भूकम्प प्रभावितहरुका लागि उक्त आश्रय हस्तान्तरण गरिएको हो । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्रविन्दू समेत रहेको गोरखा जिल्लाका प्रभावितहरुका लागि फाउण्डेसनले आश्रय निर्माण परियोजना जारी राखेको छ । गत सोमबार गोरखा पदे“लथोकमा आयोजित हस्तान्तरण समारोहमा नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौड्यालले प्रभावितहरुलाई आश्रय हस्तान्तरण गरे । समारोहमा मन्तव्य राख्दै उहा“ले चौधरी फाउण्डेसनद्वारा भूकम्पको लगत्तै निर्माण गरिएका सिजी आश्रय पीडितहरुका लागि उपयोगी रहेको बताऐ । सरकारी क्षेत्रबाट पीडितहरुका लागि अहिलेसम्म एउटै आवास निर्माण हुन नसकिरहेको पृष्ठभूमिमा चौधरी फाउण्डेसनले दुई हजारभन्दा धेरै सिजी आश्रय निर्माण गरेकोमा धन्यवाद दि“दै यस्ता कल्याणकारी परियोजना कार्यान्वयनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने उहा“ले बताए । उक्त अवसरमा चौधरी ग्रुपका जनरल म्यानेजर मधुसूदन पौडेलले भूकम्पको लगत्तैदेखि प्रभावितहरुलाई राहत वितरण शुरु गरेको चौधरी फाउण्डेसनले भूकम्पबाट सर्वाधिक प्रभावित ११ जिल्लामा पुगेर सिजी आश्रय निर्माण गरिरहेको जानकारी दिए । हालसम्म करिब दुई हजार चार सय सिजी आश्रय र ३५ वटा भूकम्पले भत्किएका विद्यालयहरुमा नया“ भवन निर्माण सम्पन्न भईसकेको जानकारी उनले दिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लाहरुमा शुरु गरेको पुनर्निर्माण अभियानमा चौधरी फाउण्डेसन सहकार्य गर्न तयार रहेको जानकारी दि“दै उहा“ले राष्ट्रिय विपत्तिमा निजी क्षेत्रले पु¥याउन सक्ने योगदानको उदारहण नेपालमा चौधरी फाउण्डेसनले प्रस्तुत गरेको बताए । फाउण्डेसनले यसअघि रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुर, गोर्खा (ताक्लुङ) लगायत क्ष्ँेत्रका भूकम्पपीडितहरुका लागि सिजी आश्रय हस्तान्तरण गरिसकेको छ । निकट भविष्यमा थप सिजी आश्रयहरु हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप