शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

शृंखलाबद्ध बम विस्फोटपछि बेल्जियम र पोर्चुगलबीचको खेल लियरामा हुने

बुधबार, १० चैत २०७२, २० : ४१
बुधबार, १० चैत २०७२

काठमाडौं – पोर्चुगलले बेल्जियम विरुद्ध हुने यूरो २०१६ को अभ्यास खेल नखेल्ने विषयमा सहमति जनाएको छ । सुरक्षाको कारण देखाउँदै ब्रसेल्समा आगामी मंगलबार आयोजना हुने तय भएको यो म्याच रद्ध गर्ने प्रस्ताव बेल्जियमले राखेको थियो । ब्रसेल्समा भएको बिस्फोटमा ३४ जनाको ज्यान गएपछि बेल्जियम अहिले शोकमा छ । अब पोर्चुगलले बेल्जियम विरुद्धको आफ्नो खेल ब्रसेल्सको सट्टा लियरामा हुनेछ । बेल्जियम र पोर्चुगल दुबैका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ,‘ कठीन परिस्थितीका कारण यो खेल आगामी मंगलबार ब्रसेल्समा हुनेछैन् ।’ सुरक्षाका कारण अहिले बेल्जियमको टोलीले बन्द ढोकाभित्र प्रशिक्षण गर्दै आएको छ ।

बेल्जियमको फुटबल संघको बैठकले भने लियरामा खेल आयोजना गर्ने पोर्चुगलको निर्णयमा सहमति जनाएको भएको छ । अब यो खेल पुरानै समयमा लियरामा आयोजना हुनेछ । बेल्जियमको फुटबल संघले पोर्चुगलको फुटबल संघले राखेको प्रस्तावको प्रशंशा समेत गरेको छ । इंग्लिस प्रिमियर लिगमा खेल्ने ९ खेलाडी बेल्जियमको य–२३ टिममा समावेश छन् । पोर्चुगलसँग क्रिष्ट्रियानो रोनाल्डोजस्ता खेलाडीको साथ हुनेछ । बेल्जियममा भएको आतंककारी हमालापछि फ्रान्समा १० जनबाट सुरु हुने युरोकपको विषयलाई लिएर समेत चिन्ता सुरु भएको छ । फ्रान्समा हुने प्रतियोगितालाई बन्द ढोकाभित्र अर्थात रंगशालामा कुनै दर्शकलाइ प्रवेश नगराई आयोजना गरिने चर्चा समेत चलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप