बेलायती राजकुमारको नेपाल मोह : थप ६ दिन नेपालमै बस्ने, स्कूल बनाउने
बुधबार, १० चैत २०७२, २० : ५८
काठमाडौं – बेलायती राजकुमार ह्यारी थप ६ दिनसम्म नेपालमा बस्ने भएका छन् । यसअघि उनले आजै नेपाल छाड्ने कार्यक्रम थियो । तर नेपाल भ्रमणको अन्त्यमा आफ्नो भाषण दिदैँ गर्दा ह्यारीले थप ६ दिन नेपालमै बिताउने बताए ।
‘मैले भेटेका मानिस र यो देशको सुन्दरताले गर्दा मलाई यो देश छाड्न निकै गाह्रो हो । म अहिल्यै यो देश छाड्ने छैन् ।’– उनले भाषणका क्रममा भने । ‘म आशा गर्छु कि यात्रामा इच्छा गर्नेहरुले एकपटक घुम्नै पर्ने देश हो नेपाल ।’– उनले भने । उनले नेपालमा जस्तो स्वागत जीवनभर जीवनमा दुलर्भ पमा मात्रै मिल्ने बताएका छन् । ‘ तपाईहरु खासमा नेपालमा मानिसलाई भेट्न आउनुपर्छ । पछिल्ला केही दिन नेपालमा मैले जस्तो माया पाए त्यस्तो स्वागत जीवनमा कमै पाएको छु ।’
‘ तपाईहरुले आएर विश्व सम्पदा सूचिका पाटन दरबार जस्ता क्षेत्र हेर्नुस् । नेपालको इतिहासबाट प्रभावित हुनुहुनेछ । तपाईहरु सुन्दर बर्दिया राष्ट्रिय निकून्ज हेर्न आउनुपर्छ । वन्यजन्तु संरक्षणका लागि यहाँ भएको काम उदाहरणीय छ । यसले संरक्षणको लडाँई जित्न मद्धत गर्छ ।’– बेलायती राजदूतावासमा भएको कार्यक्रममा ह्यारीले भनेका छन् । उनी भूकम्पले क्षतविक्षत भएको एउटा विद्यालय बनाउने काममा थप ६ दिन खटिनेछन् । समूहमा रहेका स्वयंम्सेवकहरुसँगै उनी नेपालको दुर्गम गाउँमा ६ दिन बस्नेछन् । स्कुलको विषयमा भने अहिल्यै केही स्पष्ट छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण