शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भुकम्प प्रभावित बस्तीमा फेरि हावाहुरी, १० घाइते

बिहीबार, ११ चैत २०७२, १८ : १६
बिहीबार, ११ चैत २०७२
धुन्चे – बुधबारको हावाहुरीका कारण यार्सा गाविसमा १० जना घाइते भएका छन् । यार्सा–७ लाङ्बुका समाजसेवी सेसाङदावा तामाङका अनुसार हावाहुरीले यार्साको २ र ३ नं बाहेक सबै वडा प्रभावित भएका छन् । घाइते हुनेमा यार्सा–७ का २५ वर्षे श्यामबहादुर तामाङ, २३ वर्षे दावा तामाङसमेतका १० जना रहेका छन् । उनीहरुको लाङ्बु मिनी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । भूकम्पपछि राहतमा प्राप्त दुई बन्डल जस्ताले बनाएको अस्थायी छाप्रोसमेत उडाउँदा बसोबासमा समस्या परेको समाजसेवी तामाङले बताए । जिल्ला दैवीप्रकोप उद्धार समितिको बुधबारै बसेको आपत्कालीन बैठकले क्षति विवरण तयार गरी केन्द्रमा राहत माग गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप