प्रधानमन्त्रीले आज ‘बोआओ फोरम’ मा सम्बोधन गर्ने
बिहीबार, ११ चैत २०७२, ०८ : २०
सान्या –चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘बोआओ फोरम’ को वार्षिक सम्मेलनमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीसहितको टोली ‘बोआओ फोरम’ को वार्षिक सम्मेलनमा भाग लिन बुधबार साँझ चीनको राजधानी बेइजिङबाट दक्षिण पूर्वी तटीय सहर सान्या आइपुगेको हो । प्रधानमन्त्रीले आज बिहान सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । सान्या आउनुअघि प्रधानमन्त्री ओलीले बेइजिङस्थित ‘ग्रेटहल अफ द पिपुल’ मा बुधबार जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष यु झेङ्गसेंगसँग भेट गरेका थिए । उनीहरुबीच नेपाल चीनबीच विभिन्न क्षेत्रमा सहयोग आदानप्रदान गरी सम्बन्ध सुदृढ गर्नुपर्ने विषयमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण