स्थानीय निकायका दुई सङ्घबीच एकताको तयारी
बिहीबार, ११ चैत २०७२, ०८ : ३०
काठमाडौँ- स्थानीय निकाय कर्मचारी सङ्घ नेपाल र नेपाल नगरपालिका कर्मचारी एसोसियसन एकीकृत हुने भएका छन् ।
स्थानीय निकायमा कार्यरत पेसाकर्मीको हक, अधिकार र सेवा सुरक्षालगायत सवालमा एकीकृत र सङ्गठित रुपमा अघि बढ्ने उद्देश्यले एकता गर्न लागिएको हो ती संस्थाले जनाएका छन् । यही चैत २६ गते एकीकरणको घोषणा हुनेछ ।
हरिकुमार श्रेष्ठ र भीमप्रसाद पौडेलको नेतृत्वमा रहेका ती दुवै सङ्गठनका पदाधिकारी सम्मिलित १३ सदस्यीय कार्यदल र पाँच सदस्यीय विधान मस्यौदा समितिले एकताका लागि गृहकार्य गरिरहेकोे संयुक्त विज्ञप्तिमा जनाइएको छ ।
कानुनी र प्रक्रियागत तयारी पूरा गरी एकताको महाधिवेशन गर्न केही समय लाग्ने भएकाले सङ्घको यही चैत २५ र २६ गतेका लागि निर्धारित चौथो राष्ट्रिय अधिवेशन हाल स्थगन भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण