शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अखिल पुनः रातोघर नजिक

बिहीबार, ११ चैत २०७२, ११ : ०९
बिहीबार, ११ चैत २०७२

काठमाडौँ– लामो समय वामपन्थी विद्यार्थी सङ्गठनको केन्द्रीय कार्यालय बागबजारमा रह्यो । केही समय पहिले अन्यत्र सरेपनि पुनः बागबजारमा विद्यार्थीको चहलपहल बढ्ने भएको छ ।

विसं २०४६ को जनआन्दोलनका बेला अखिलको कार्यालय रहेको रातो घर बागबजार विस्तारका क्रममा भत्काइएपछि खसिबजारमा कार्यालय सरेको थियो ।

यही साता नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कार्यालय पनि पुनः बागबजारमा स्थानान्तरण हुँदै छ ।

हालको कार्यालय साँघुरो र पार्किङको असुविधा भएपछि त्यहाँबाट नयाँ स्थानमा कार्यालय व्यवस्थापन भएको हो । महाधिवेशनबाट नविना लामाको नेतृत्वमा नयाँ कार्यसमिति चुनेसँगै नयाँ कार्यालय खोजिएको हो ।

सङ्गठनका उपाध्यक्ष महेश वर्तौलाले नयाँ कार्यालयमा करिब १०० जनासम्मको भेला तथा त्यति नै सङ्ख्यामा बैठक बस्न सकिने व्यवस्था गरिएको बताए । सङ्गठनले पहिला मासिक रु १५ हजार भाडा तिर्दै आएकामा अब रु ३५ हजार मासिक भाडा तिर्र्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप