शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मलेसियाबाट २१ नेपालीको उद्धार

बिहीबार, ११ चैत २०७२, ११ : ४०
बिहीबार, ११ चैत २०७२

क्वालालम्पुर–मलेसियामा जेल सजाय पुरा गरेका २१ जना नेपाली बिभिन्न संघसंस्थाको आर्थीक सहयोगमा नेपाल फर्किएका छन् ।अबैधानिक कामदारको अभियोगमा पक्राउ परी जेल सजाय काटिसकेकाहरु घर फर्किन सफल भएका हुन् । मलाका घरफिर्ती केन्द्रमा रहेका ७ जना लगायत अन्य केन्द्रमा रहेका १४ जना गरी कुल २१ जनालाई नेपाल फर्काइएको यहां स्थित नेपाली राजदुतावासले जनाएको छ । आर्थीक सहयोग गर्ने संस्था र घर फर्किनेहरुको नाम ठेगाना भने राजदुतावासले खुलाएको छैन् । नेपाल तथा मलेसियाका बिभिन्न संघसंस्थाले गरेको आर्थीक सहयोगबाट एकतर्फी हवाई टिकटको ब्यबस्था गरि उनीहरुलाई नेपाल फकाईएको जनाईएको छ । गत बर्ष देखि अहिले सम्म १५ महिनाको अबधि भित्र जेल सजाए पुरा गरी घरफिर्ती केन्द्रमा रहेका ४ सय ४८ जनालाई यसैगरी स्वदेश फर्काउन आफुहरु सफल भएको राजदुतावाले जनाएको छ । अबैधानिक कामदारको हैसीयतमा बस्ने पक्राउ परेमा यहांको कानुन बमोजिम तीन महिना जेल सजाए हुन्छ । जेल सजाए पाएकाहरुलाई घरफिर्ती केन्द्रमा सारेपछि एकतर्फी हवाई टिकट काट्न सक्नेहरु तुरुन्त घर फर्किन सक्दछन् । आर्थीक अभाबमा हवाई टिकट काट्न नसक्नेहरु लामो समय अलपत्र अबस्थामा बस्नु पर्दछ । घरफिर्ती केन्द्रमा भएका अन्य नेपालीहरुलाई पनि निशुल्क एकतर्फी हवाई टिकटको ब्यबस्था गर्ने तयारी भैरहेको राजदुतावासले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप