युवती तस्करी प्रकरणः अब के गर्ला नेपाली दुतावास युएईले ?
मंगलबार रातोपाटीमा ‘साँस्कृतिक कार्यक्रमको नाममा मानव तस्करी, नेपालबाट यसरी दुबई पुगे ६ युवती’ शिर्षकमा समाचार आयो । समाचारमा जुन विषय बस्तुलाई उठान गरिएको छ त्यो एकदमै गम्भीर छ ।
समाचारले तस्करीको नयाँ रुपलाई उदांगो पारेको छ । यसरी साँस्कृतिक कार्यक्रमको नाममा जुन गैरकानुनी काम भएको छ, त्यो निन्दनिय कार्य हो । यसले नेपाली दुतावास र नेपाल सरकारलाई चुनौती त दिएको छ । अझ नेपाली कला र सँस्कृतिको नाममा यसले विकृत रुप लिएको देखिन्छ । समाचार आइ सकेपछि यसले चासो सिर्जना गरिदिएको छ । युएईमा रहेका धेरै नेपाली संघ संस्थाहरुको ध्यान केन्द्रित भएको छ ।
भ्यालेनटाइन नाइट्स कार्यक्रम आयोजकका तर्फबाट समिम खानले आफ्नो फेसबुकमा विज्ञप्ती जारी गर्दै समाचार भ्रामक कपोल कल्पित र सत्य तथ्य विहिन भएको र आयोजकले समाचारमा भएझै रकम नअसुलेको र अफुहरु कुनै राजनैतिक पार्टिमा आबद्ध नभएको दाबी गरेका छन् । साथै दुतावाससंग बसेर कुरा गर्न आफुहरु तयार भएको पनि जनाएका छन् ।
समाचारमा जोडीएर आएको युएईमा रहेको नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्चले पनि प्रेस विज्ञप्ती जारी गरेको छ । मञ्चका महासचिव उत्तम अधिकारीद्धरा हस्ताक्षरित सो विज्ञप्तीमा आफूहरुलाई बदनाम गराउन खोजिएको दाबी गरिएको छ । साथै सो भ्यालेनटाइन नाइट्स कार्यक्रममा आफ्नो र आफु सम्बद्ध प्रवासी नेपाली युवा संघले प्रायोजन गरेको भन्ने कुरा झुटो भएको समेत दाबी गरिएको छ । साथै विज्ञप्तीमा कहीँबाट युवती तस्करीको कार्य भएको भए त्यस्ता व्यक्ति वा संस्था जो भएपनि कारबाहीको दायरामा ल्याउन मञ्चको सहयोग र साथ रहने कुरा जानकारी गराइएको छ । तर कार्यक्रमको प्रचार प्रसारको लागि प्रयोग गरिएको पम्पलेट र व्यानरमा प्रवासी युवा संघको झण्डा राखेर समर्थन गरिएको भन्ने र मञ्चका उपाध्यक्षले दुतावसमा गएर कलाकार ल्याउने पत्र पेस गरेको कुराले मञ्च विवादमा तानिनुलाई स्वाभाविक मान्नु पर्छ । भलै यदी त्यो कार्य नियतवस नभएको भए उहाँलाई आयोजकले प्रयोग गरिएको पनि हुन सक्छ। मञ्चले यो वास्तविकता बाहिर ल्याउनै पर्छ ।यसलाई राजनैतिक रंग दिएको आरोप लाएर मात्र वस्न मञ्चलाई सुहाउदैन ।नेपाली समाजले पनि सो कार्यको विरोध गरेको छ । नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले तस्करी र दलाली जस्तो कार्यमा कुनै पनि राजनैतिक वा गैर राजनैतिक संरक्षण छ भने त्यसको भण्डाफोर गर्नेु पर्ने र यस्ता कार्यहरुलाई कानुनको दायरामा ल्याएर कारवाही हुनुपर्ने जानकारी दिए । साथै उनले यस्ता अबैधानिक कार्यहरुको विरोधमा नेपाली समाज युएई अग्र पंक्तिमा उभिने समेत बताए । नेपाली समाज युएईले नेपाली दुतावासलाई बोधार्थ गर्दै प्रेस विज्ञप्ती पनि निकालेको छ । सो विज्ञप्तीमा संलग्न व्यक्तिहरुलाई तुरुन्त कारवाही गरि दलालीमा लिइएको मोटो रकम फिर्ता गराउनु पर्नेमा जोड दिएको छ ।
गैर आवासिय नेपाली संघ युएईले पनिसमाचारप्रति ध्यानकर्षण गर्दै आवश्यक छानविन गर्न नेपाल सरकार र नेपाली दुतावस अबुधावीसँग माग गरेको छ ।त्यसैगरी अन्र्तराष्ट्रिय नेपाली कलाकार समाज , एकिकृत नेकपा माओवादी सम्बद्ध नेपाली जनप्रगतिशिल मोर्चालगायतले पनि विज्ञप्ती जारी गर्दै सत्थतथ्य छानविन गरी तस्करीमा संलग्नलाई आवश्यक कारवाही गर्न सरोकारवालालाई अनुरोध गरेका छन् । सबै विषयहरुको गम्भीर्यता र युएईमा रहेका नेपाली संघ संस्थाहरुको ध्यानाकर्षणले युएई तातेको छ । सो विषयमा अब नेपालीहरुको अभिभावक नेपाली दुतावास बोल्न जरुरी छ । प्रत्यक्ष नेपाली दुतावास पनि यसमा प्रयोग भएको देखिन्छ । अव नेपाली दुतावास युएईले के गर्ला ? समस्याको समाधानको एक मात्र विकल्प अव दुतावास देखिन्छ । दुतवासले आवश्यक प्रक्रिया अगाडी बढाएर वास्तविकता बाहिर ल्याउनै पर्छ । नेपालबाट आउने कलाकारलाई विनाशर्त आउन दिनु भन्दै अध्यागमनलाई लेखिएको पत्र अवश्य होला । त्यहि पत्र अनुसार को–को कलाकार आए । को–को कलाकार नेपाल फिर्ता भए सो को जानकारी पनि लिन सकिन्छ । बैधानिक निकायको हकमापनि दुतावास बोल्नु जरुरी छ ।
युएई रोजगारीको लागि राम्रो गन्तब्य मानिन्छ । नेपाल सरकारले घरेलु महिला कामदार युएईमा आउनको लागि इजाजत नदिए पछि विभिन्न बाहानाहरु जस्तैः भिजिट भिषा, टुरिष्ट भिषालगायतको माध्यामबाट युवतीहरुलाई युएई पु¥याउने र घरेलु कामदारको रुपमा लगाउने कार्यहरु हुन थालेका हुन् । नेपालमा मोटो रकम दिएर एअरपोर्ट सेटिङ्ग गरेर युवायुवतीहरुको तस्करी भइरहेको हुन्छ । यो समाचार एउटा उदारण मात्र हो । एअरपोर्टको अध्यागमनबाट सेटिङ मिलाएर आनन्दले प्रवेश दिइन्छ । सेटिङ्ग नमिलेकाहरु त्यही रोकिन्छन् । यो भोगाइ धेरै नेपाली युवाहरुको छ जो पटक पटकको प्रयास र सेटिङ्ग बाट अवैधानिक रुपमा युएई आएका छन् । खै सरकार , काहाँ छ ? र्निलज्ज हाँसो हासेर बसेको छ । र देखाउनको लागि बैदेशिक ऐन छ । बस, यत्ती मात्रहो त ? ठगी दलाली रोक्ने र कारवाहीको दायरामा ल्याउने निकाय सक्रिय खैं ? अब दुतावासले पहल कदमी लिदैन भने कसले लिन्छ ? कि सधै सानालाई ऐन ठुलालाई चैन हुने हो, त्यो हेर्न बाँकी नै छ ।
साँस्कृतिक कार्यक्रमको नाममा मानव तस्करी, नेपालबाट यसरी दुबई पुगे ६ युवती
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण