शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अस्पतालले तान्यो भेरी नदीको पानी

बिहीबार, ११ चैत २०७२, १२ : ४२
बिहीबार, ११ चैत २०७२

रुकुम–२ वर्षको प्रयासपछि रुकुमको चौरजहारी अस्पतालले भेरी नदीको पानी मोटरमार्फत तानेर अस्पतालमा आपुर्ति गरेको छ । गर्मीयाम सुरुभएसंगै चौरजहारी अस्पतालमा खानेपानीको चरम अभाव पर्नथाले पछि वाटर पम्प मार्फत अस्पतालमा पानी आपुर्ति गरीएको हो । नदीवाट १ सय ७० मिटरको उचाईमा रहेको अस्पताल रहेको छ । भेरी नदिको पानी पम्प गर्नको लागी ईटालियन कम्पनिको ११ हर्जको वाटर पम्प प्रयोग गरीएको अस्पतालका प्राविधिक अमृत नेपालीले जानकारी दिए । भेरी नदीमा वाटर पम्प डुवाएर जेनेरेटरको सहायताले पानी पम्प गरिएको हो । ९० एम.एमको पाईपमा पम्प हुने पानी १ मिनेटमा २ हजार लिटर भण्डारन हुने अस्पतालले जानकारी दिएको छ । वाटर पम्पको लागी करिव २० लाखको लागतमा अतिआधुनिक सामाग्रीहरुको प्रयोग गरिएको वताईएको छ । दैनिक १ सय देखि १ सय ५० जना सम्म विरामी आउने अस्पतालमा गर्मीयाम सुरुभए संगै वर्षेनी खानेपानीको अभाव हुने गरेको थियो । नदि वाट पानी पम्प कार्य सफल भए संगै अस्पतालमा आउने विरामी तथा स्टाफहरुका लागी नुहाउन ,लत्ताकपडा ,वेड सिट धुन पिउन , र ,सर्जिकल सामाग्रीहरु सफा गर्नको लागी सहज हुनेभएको छ । मौसम अनुसार भेरीनदिको पानी पिउन योग्य नभएता पनि टंयाङकीमा जम्मा गरेर थिग्राउने र केमिकलको प्रयोग गरी पानी पिउन योग्य वनाउने लक्ष्य राखिएको अस्पतालका प्रशाशक डिल वहादुर गिरीले जानकारी दिए । तत्काल भेरी नदिको पानी पम्ंपीगं सिस्टम लाई व्यवस्थित वनाएर स्थानिय समुदाय लाई समेत पानी आपुर्ति गर्ने लक्ष्य राखिएको अस्पतालले वताएको छ । चौरजहारी आसपासमा खानेपानी मुहान प्रयाप्त नहुदा यस क्षेत्रमा खानेपानीको अभाव हुने गरेको थियो । स्थानिय टिटेखर्कमा रहेको खानेपानी जनसंख्याको अनुपातमा प्रयाप्त नहुदा चौरजहारीमा अवस्थिति व्यापार व्यवसायी शिक्षण संस्था,कलकारखाना,उदोग धन्दा लगाएत संघ संस्थाहरु खानेपानीको अभावमा पर्दैआईरहेका छन । चौरजहारी अस्पतालमा दैनिक ५० हजार लिटर पानीको आवाश्यकता पर्ने गरेको छ । वैकल्पिक विधिको रुपमा चौरजहारीको विभिन्न ५ ठाउँमा वाटर पम्पको प्रयोग गरी भेरी नदिको पानी पम्पीङ्ग गरेको खण्डमा यस क्षेत्रमा वर्षेनी हुने खानेपानीको समस्या लाई टार्न सकिने स्थानिय वुद्धिजीवीहरुको ठहर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप