किन पटक–पटक चीन गइरहन्छन् जेपी गुप्ता ?
काठमाडौ–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले चैत ५ गते नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताइलाई लाजिम्पाटस्थित सांग्रिला होटलमा भेट्यो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा केन्द्रित रहेर मोर्चाका नेताहरुले सो दिन राजदूतलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । तर, सोहि दिन मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ता चीन उँडे। उनी नेपाल चीन संचार मञ्चका अध्यक्ष किशोर श्रेष्ठ नेतृत्वको टोलीसँगै चीन उँडेका हुन् । पछिल्लो समय राष्ट्रिय राजनीतिबाट मात्र होइन, मधेशको राजनीतिकबाट समेत ओझेलमा परेका जेपी गुप्ता चीन गएपनि त्यति चर्चामा आएन । उनले आफ्नो यो चीन भ्रमणलाई गोप्य राख्ने प्रयास समेत गर्दै आएका छन् । स्रोतका अनुसार संगठनका मान्छेलाई समेत कुनै जानकारी नदिई उनी पटक पटक चीन जान्छन् । यसरी उनी गोप्य रुपमा पटक पटक चीन जानुलाई मधेश राजनीतिमा अर्थपूर्ण रुपमा लिइएको छ । शान्ति र विकासका लागि चिनियाँ आधार नामक संस्थाको निमन्त्रणामा गुप्तासहित चीन भ्रमणमा पुगेको श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा वरिष्ठ पत्रकार युवराज घिमिरे, मुख्य सत्तारुढ दल एमालेका केन्द्रीय सदस्य देवराज घिमिरे सहभागी छन् भने पत्रकार महासंघका कोषाध्यक्ष सूर्यमणि गौतम, नेपाल प्रेस काउन्सिलका अधिकृत झबिन्द्र भूषाल, महिला लेखिका अमृता लम्साल लगायत पत्रकारहरु सहभागी रहेको स्रोतले जनाएको छ ।
भारतले नरुचाएको पात्र
भारतको च्वाइसलिस्टमा नरहेका जेपी गुप्ता यसरी पटक पटक चीन जानुलाई मधेश राजनीतिमा चासोको रुपमा लिएको छ । जेपी गुप्ता त्यो बेला चीन भ्रमणमा गएका छन् जुनबेला उनलाई मधेशी मोर्चामा लिन उपन्द्र यादवलहरुले इन्कार गरेका छन् । अलग अलग मोर्चामा रहेका मधेशी नेतालाई एक ठाउँमा ल्याउन भारतले दवाव दिँदै आएपनि उनलाई मोर्चाबाट अस्वीकार गरिएको हो ।नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारी, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवको मोर्चामा जेपी गुप्ता पनि थिए । तर, जब त्यो मोर्चा उपेन्द्र यादवहरुको मोर्चामा मिसिन पुग्यो तब जेपी गुप्ता भने बाहिर बाहिर परे । स्रोत भन्छ, यी दुई मोर्चाबीच एकीकरण गराउन भारतले जेपी गुप्तालाई जानी जानी बाहिर राखेको हो ।’
मधेशमा विभिन्न दलका गठबन्धन तथा मोर्चाहरु छन् तर जेपी गुप्ता भने कुनै मोर्चा तथा दलमा अटाउन सकेका छैनन् । उनी गठबन्धन तथा मोर्चामा सहभागि नभएको पनि होइन तर धेरै दिन त्यहाँ टिक्दैनन् । उनले मोर्चामा आउनका लागि मातृका यादवदेखि राजेन्द्र महतोसम्म, विजय गच्छदारदेखि महन्थ ठाकुरसँग कुरा गरेका थिए तर कुनैमा अटाएनन् । उनलाई मोर्चामा ल्याउन राजेन्द्र महतोले पटक पटक आश्वासन पनि दिए तर सम्भव भएन । अन्ततः केही समयका लागि शरतसिह भण्डारीहरुको गठबन्धनमा रहेपनि उनको संगठन राजनीतिक दल नभएको कारण देखाउँदै उपेन्द्र यादवहरुको मोर्चामा लिइएन । अहिले उनी बिल्कुल एक्दैछन् र यसै अवस्थामा उनी चीन भ्रमणमा गएका छन् । भारतको सहयोगमा मधेशी मोर्चाले आन्दोलन गर्दै आएको र अर्को आन्दोलनको तयारी भइरहेको बेला सुटुक्क चीन जानुलाई मधेशी मोर्चाले मात्र होइन, भारतीय दूतावासले पनि नजिकबाट अध्ययन गरिरहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण