काश्मिरको विषयमा बोलेपछि अफ्रिदी विवादमा
एजेन्सी–टी–२० विश्वकपका दौरान पाकिस्तानको खेल हेर्न काश्मिरबाट ठूलो संख्यामा समर्थक आएको टिप्पणी गरेपछि पाकिस्तानी कप्तान साहिद अफ्रिदी विवादमा तानिएका छन् । यसअघि मंगलबार कमेन्टेटर रामिज राजाले मोहालीमा पाकिस्तानका थुप्रै समर्थक रहेको भनेर प्रश्न राखेका थिए । जवाफमा अफ्रिदीले काश्मिरबाट पनि थुप्रै व्यक्ति समर्थनका लागि आएको प्रतिक्रिया दिए । काश्मिरको विषयलाई लिएर भारत र पाकिस्तानबीच दुईपटक युद्ध भइसकेको छ । भारत र पाकिस्तान दुबैले यो क्षेत्र आफ्नो भूभाग रहेको दाबी गर्दै आएका छन् । भारतीय मिडियाहरुले अफ्रिदीको प्रतिक्रियाले भारतलाई चुनौती दिएको भन्दै प्रचार गरेका छन् । भारतीय क्रिकेट बोर्डका सचिव अनुराग ठाकूरले पनि अफ्रिदीको आलोचना गरेका छन् । राजनैतिक रुपमा यस्तो प्रतिक्रिया जनाउनु राम्रो होइन । एउटा खेलाडी यस्ता विषयबाट टाढै बस्नुपर्छ । यसअघि भारत आउनुअघि पाकिस्तानमा भन्दा धेरै माया आफूलाई भारतमा मिल्ने भनेर प्रतिक्रिया दिएपछि पाकिस्तानमा अफ्रिदी आलोचित भएका थिए । यस विषयमा उनीसँग पाकिस्तानी क्रिकेट बोर्डले स्पष्टीकरण समेत मागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण