ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु
बिहीबार, ११ चैत २०७२, १३ : ४७
इनरुवा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–१९ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१त ३२८८ नंको ट्र्याक्टर आफँै अनियन्त्रित भई राजमार्गको छेउमा रहेको कलभर्टमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चितवन नारायणघाट बस्ने अन्दाजी २० वर्षका गौरव राय क्षेत्री रहेका छन् भने एकजनाको नाम थर खुल्न नसकेको जिल्ल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका मृतकद्वयको उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याउने क्रममा बाटोमा मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ भने ट्र्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण