शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काँग्रेस नेता लिम्बूको निधन

बिहीबार, ११ चैत २०७२, १३ : ४८
बिहीबार, ११ चैत २०७२

धनकुटा– भूतपूर्व सैनिक सङ्घ धनकुटाका अध्यक्ष एवम् नेपाली काँग्रेस धनकुटा क्षेत्र नं १ का पूर्व सभापति हरिप्रसाद लिम्बूको निधन भएको छ ।

भेडेटार–३ सिमसुवा निवासी ७७ वर्षीय लिम्बूको बुधबार राति हृदयघातका कारण आफ्नै निवासमा निधन भएको हो ।

गत सोमबार हृदयघात भएपछि उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको भए पनि उपचार हुन नसकेपछि घर ल्याइएको थियो ।

विसं १९९५ मा जन्मिएका लिम्बू लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँले २०५३ देखि २०६७ सालसम्म तीन कार्यकाल नेपाली काँग्रेस, धनकुटा क्षेत्र नं १ को सभापतिको जिम्मेवारी सम्हालेका थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा समेत योगदान पु¥याएर पछिल्लो समय नेपाल भूतपूर्व सैनिक सङ्घ धनकुटाको अध्यक्षको जिम्मेवारी सम्हाल्दै काँग्रेसको राजनीतिमा सक्रिय लिम्बूको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको काँग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए । ।

लिम्बूका दुई छोरा बुहारी र श्रीमती छन् । उनको पार्थिव शरीरलाई मूलघाटस्थित तमोर नदी किनारमा बिहीबार अन्त्येष्टि गरिने नेपाली काँग्रेस धनकुटाले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप