शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पौडेललाई संसदीय दलको नेता बनाउन देउवासँग आग्रह

बिहीबार, ११ चैत २०७२, १४ : १३
बिहीबार, ११ चैत २०७२

काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई संसदीय दलको नेता बनाउन पौडेल पक्षका नेताहरुले आग्रह गरेका छन् ।

सभापति देउवाको निवास बूढानीलकण्ठमा पुगेर पौडेल पक्षका नेताहरु प्रकाशमान सिंह, डा रामशरण महतलगायतले पौडेललाई संसदीय दलको नेता बनाउन आग्रह गर्नुभएको हो ।

पौडेललाई संसदीय दलको नेता बनाउँदा पार्टीलाई सहमतिका आधारमा अगाडि बढाउन सजिलो हुने सिंह र महतको भनाइ थियो ।

उनीहरुको आग्रहलाई सभापति देउवाले सकारात्मक रुपमा लिँदै साथीहरुसँग सल्लाह गरेर निर्णय लिने जवाफ दिएएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

काँग्रेसको संसदीय दलको निर्वाचन यही महिनाको तेस्रो हप्ता गर्ने तयारी भइरहेको छ ।

निर्वाचनका लागि नवनिर्वाचित केन्द्रीय कार्यसमितिले तीन सदस्यीय निर्वाचन समिति बनाएको छ । केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा रहेको समितिको सदस्यमा केन्द्रीय सदस्यद्वय सुरेन्द्र पाण्डे र गुरुराज घिमिरे रहेका छन् । समितिले यसै हप्ता बैठक बसेर निर्वाचनको मिति घोषणा गर्ने समितिका सदस्य पाण्डेले जानकारी दिए ।

व्यवस्थापिका–संसद्को आधिकारिक वेभसाइटका अनुसार काँग्रेसका अहिले १९८ जना सांसद रहेका छन् । तीमध्ये १०६ जना प्रत्यक्ष निर्वाचित सांसद छन्भने ९२ जना समानुपातिक तर्फबाट सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप