हराइरहेको मलेसियन एयरलाइन्सको प्लेनको टुक्रा मोजाम्बिकमा भेटियो
बिहीबार, ११ चैत २०७२, १४ : ३६
काठमाडौं – अस्ट्रेलियाका यातायात मन्त्रीले हराइरहेको मलेसियन एयरलाईन्सको फ्लाईट एमएच ३७० का टुक्राहरु मोजाम्बिकमा भेटिएको बताएका छन् । जहाजका दुई टुक्रा छुट्टाटुट्ै ठाउँमा भेटिएपछि यसलाई बोकेर अस्ट्रेलिया पुर्याइएको छ ।
२ सय ३९ जना बोकेको जहाज सन् २०१४ को मार्चमा हराएको थियो । मलेसियाका राजधानी क्वालालम्पुरबाट बेइजिङका लागि उडेको जहाज हिन्द महासागरमा खसेको अनुमान लगाइएको थियो । उड्डयन क्षेत्रमै यो प्लेन रहस्यको विषय बनेको छ ।
जुलाई २०१५ मा फ्लेपरोन नाम गरेको पखेटाको भाग रियूनियन आइल्याण्डमा भेटिएको थियो । एमएच ३७० को अहिलेसम्म भेटिएको यो एउटा मात्रै टुक्रा हो ।
मोजाम्बिकमा डिसेम्बरमा फेला पारिएको टुक्रा पनि यही प्लेनको रहेको बताइएको छ । मोजाम्बिकमा फेब्रअरीमा अर्को टुक्रा फेला पर्यो । दक्षिण अफ्रिकामा रोल्स रोयकको लागोसहित यसै मार्चमा अर्को टुक्रा फेला पर्यो । यो अहिले परिक्षणकै क्रममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण