सुकीको पार्टीका भावी अर्थमन्त्रीको नक्कली सर्टिफिकेट
बिहीबार, ११ चैत २०७२, १४ : ४०
म्यानमार – म्यानमारमा अर्थ तथा योजना मन्त्रीका लागि प्रस्तावित व्यक्तिसँग फाइनान्सको फेक सर्टिफिकेट रहेको पुष्टि भएपछि अहिले हंगामा मच्चिएको छ । क्याउ विनले अनलाईन युनिर्भसिटीबाट लिएको पिएचडी नक्कली रहेको स्विकारेका हुन् ।
म्यानमारमा सरकार बनाउँदै गरेको नेशनल लिग फर डेमोक्र्यासी पार्टीले क्याउ विनलाई मन्त्री बनाउने भएपछि उनको वायोडाटा सार्वजनिक गरिएको थियो । अब उनले आगामी साता मन्त्रीमण्डलमा स्थान बनाउँछन् या बनाउँदैनन् भन्ने विषय चर्चामा छ ।
नेशनल लिग फर डेमोक्र्यासीका प्रवक्ताले नक्कली सर्टिफिकेटले मन्त्री बन्ने विषयमा कुनै फरक नपर्ने बताएका छन् । क्याउ विनले स्थानिय पत्रिकासँगको अन्तरवार्तामा भनेका छन्, ‘अब म आफैलाई डाक्टर मान्ने छैन् । मैलेँ थाहा पाए कि यो नक्कली विश्वविद्यालयको प्रमाणपत्र रहेछ । त्यसैले मेरो बायोडाटामा रहेको पिएचडी वास्तविक योग्यता होइन ।’
उनले यसअघि आफ्नो नक्कली उपाधीको प्रयोग गर्दै अर्थतन्त्र र फाइनान्स सम्बन्धी विभिन्न लेखहरु पत्रिकामा छपाउँदै आएका थिए । बर्माको सरकरका पूर्व कर्मचारी क्याउले यदी मन्त्रीको जिम्मेवारी सम्हालेको खण्डमा उनीमाथि अविश्वासको वातावरण सिर्जना हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण