‘तेल चोर’को आरोप लागेकालाई डिपो प्रमुख बनाइँदै
को हुन यादव ? सर्लाही मानपुर ६ का स्थायी निवासी यादव २०५६ असार ३१ गते ३८ वर्षको उमेरमा प्राविधिक कानुन सेवामा सातौँ तहमा नेपाल आयल निगममा स्थायी प्रवेश गरेका व्यक्ति हुन् । नेपाल आयल निगमको कर्मचारी विनियमावलीमा प्रशासन समूहको अधिकृतस्तर लगायत त्यसभन्दा माथिको पदमा प्रवेश गर्न पुरुषको हकमा ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था भएपनि निगमका तत्कालीन प्रशासन विभाग प्रमुख बेनु बिक्रम पन्तले आर्थिक प्रलोभनमा परेर प्रचलित कर्मचारी विनियमावली संशोधन गरेर प्राविधिक समूहमा सेवा प्रवेश गर्ने पुरुषहरुको हकमा उमेर हद ४० वर्ष पु¥याएउने विवादास्पद निर्णयमार्फत उनलाई सेवा प्रवेश गराएका हुन् । सार्वजनिक प्रशासनमा कहीँ कतै कानुन सेवालार्ई प्राविधिक सेवामा वर्गीकरण नगरेको समयमा समेत कानुन सेवालाई प्राविधिक सेवा करार गरी सातौँ तहमा यादवलाई प्रवेश गराउनकै लागि प्रचलित विनियमावली संशोधन गरेको तत्कालीन निगम नेतृत्वले पुनः दरबन्दी समायोजन गर्ने नाममा कानुन सेवालार्ई खारेज गरेर प्रशासन सेवामा समायोजन गराई प्रशासन सेवा अन्तर्गत उनको सेवा समूह कायम गरेको थियो । सेवा प्रवेशको केही समयसम्म निगम सञ्चालक समितिको माइन्युट लेख्ने काम गरेका यादवलार्ई तत्कालीन निगम व्यवस्थापनले रुपन्देहीको भलबारी डिपोमा क्षेत्रीय प्रमुख नियुक्त गरेको थियो । त्यसको तीन महिनापछि भलबारी डिपोमा करोडाँै रकम अनियमितता गरेको आरोपमा तत्कालीन व्यवस्थापनले उनलार्ई तीन महिनामा नै त्यहाँबाट फिर्ता बोलाएको थियो । तीन महिनामै भलबारी डिपोबाट तानेर केही वर्ष निगमको केन्द्रीय कार्यालयमा थन्क्याइएका विवादास्पद छविका यादवलाई शक्तिकेन्द्रको आडमा निगम व्यवस्थापनले २०६५ सालमा अमलेखगञ्ज डिपोको प्रमुख बनाएर पठायो । के के गरे/कति कारवाही भोगे ? आर्थिक वर्ष २०६५/०६६ र २०६६/०६७ को कुल ११ महिना निगमको अमलेखगञ्ज डिपो प्रमुखको रुपमा कार्यरत रहँदा डिपोको लागि निर्धारीत वार्षिक नोक्सानी लक्ष्य दुरुपयोग गरी करिब तीन करोडबराबरको पेट्रोलियम पदार्थ अपचलन गरेको आरोमपमा दोषी ठहर । – अपचलनकाण्ड सम्बन्धमा गठित विभिन्न छानबिन समितिले उनलार्ई दोषी करार गर्दै कारबाहीको सिफारिस गरे पनि तत्कालीन निगम व्यवस्थापनले आर्थिक चलखेलको आधारमा २०६८ फागुन २२ गते कारबाहीको सट्टा पुरस्कृत गर्दै नवौँ तहमा पदोन्नति गरेको थियो । – यसपछि केही समय उपभोक्ता ग्यास कार्ड प्रमाणीकरण शाखा प्रमुख भएका यादव पुनः २०७१ साउन २७ गते वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरी बहादुर केसीलाई नजराना बुझाएर निगमका तत्कालीन कार्यकारी निर्देशक डा. चण्डिका भट्टलार्ई दबाब दिएर पुनः निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलबारीको प्रमुख बने । – २०७१ साउन २६ गते देखि मंसिर ११ सम्म भलवारी डिपो प्रमुख हुँदा पेट्रोलियम पदार्थको वितरण प्रकृयामा अनियमितता र सन्तोषजनक कार्यसम्पादन नगरेको भन्दै आपूर्तिमन्त्री गणेशमान पुनले आवस्यक छानविनका लागि भन्दै केन्द्रिय कार्यालय तानेको । – त्यसपछि कार्वाही फुकुवा गरी डिपो प्रमुख बन्नका लागि मन्त्रालयमा पैसा बोकेर धाएको । यो विषयमा रातोपाटीले समाचार लेखिसकेको थियो ।
तेल चोर ‘दुई भाइ’ कारबाही फुकुवा गर्न घुस बोकेर मन्त्रालय
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण