नेपालकै पहिलो प्रविधिमैत्री पार्क (फोटोफिचर)
काठमाडौं – प्रदुषण, भीडभाड र कोलाहलले भरिएको राजधानीमा शान्त र एकान्त ठाँउ खोजेर भौतारिने काठमाडौंबासीले अब चिन्ता नलिए हुन्छ । काठमाडौंको मुटुमा रहेको रत्नपार्कमा सुन्दर पार्क निर्माणसँगै निःशुल्क द्रुत गतिको इन्टरनेट प्रयोग गरेर दिनभर बस्न पाइने भएको छ । पार्क छिर्नका लागि भने १५ रुपयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।
काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा शुरु भएको यो नेपालकै पहिलो प्रविधि मैत्रीपार्क हो । रत्नपार्कमा द्रुत गतिको ४ एमविपिएस इन्टरनेट राखिएको छ ।
पार्कमा वाईफाई फ्रि जोन बनाएसँगै आगन्तुकहरुको भिड भढ्न थालेको रत्नपार्क रानीपोखरी इकाई प्रमुख हरिशरण केसी बताए । उनले भने, ‘रत्नपार्क फ्रि वाईफाई जोन बनेपछि दिनभर इन्टरनेटमा अध्ययन गर्ने पाठकहरु देखिन थालेको छ । कतिपय मान्छेहरु अफिसियल काम गर्न समेत रत्नपार्क आउने गरेका छन् ।
पार्कमा बालबालिकाहरु लागि खेल्न पिङ चिप्लेटी र भ¥याङलगायत विभिन्न मनोरञ्जनात्मक संरचना निर्माण गरिएको छ । फूलै फूलले ढाकिएको रत्नपार्कमा अब सफा ट्वाइलेट र खाना खाने क्याण्टिन निमार्ण हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण