नेहा पुन प्रकरणजस्तै फेरि अर्को घटना, ‘सेक्स’ लफडामा यसरी गुम्यो २० वर्षे युवतीको ज्यान
काठमाडौं– राजधानीको कपनमा बस्दै आएकी धनकुटाकी २० वर्षे युवती भेनिशा लिम्बुको झण्डै तीन महिना अघि फेसबुकको माध्यमबाट चिनजान भयो मोरङ घर भई थली बस्दै आएका साजन राईसँग । तर, उनको यही फेसबुकमार्फत भएको चिनजान मृत्युको कारक बन्न पुगेको छ । प्रहरीले उनको हत्या अभियोगमा उनीसहित बौद्धका शनि लामा र सजित लामालाई पक्राउ गरेको छ । यस्तै एक अभियुक्त फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साजन र भेनिषाबीच फेसबुकमार्फत चीनजान भएसँगै च्याटमा निरन्तर कुराकानी चल्न थाल्यो । कुरैकुरामा एक दिन साजनले लिम्बुको मोबाइल नम्बर मागे । लिम्बुले पनि दिइहालिन् । त्यसपछि उनीहरुबीच थप निकटता बढ्यो । कुराकानी बाक्लियो । यही बीचमा उनीहरुबीच गत फागुन ८ गते भेटसमेत भयो– बौद्ध गेटमा ।
बौद्ध गेटमा उनीहरुबीच खुलेर कुराकानी भयो किनकी उनीहरुबीच प्रत्यक्ष भेट नभएपनि फोन र फेसबुकमार्फत निकट भइसकेका थिए । मोरङ पथरी ३ घर भई हाल थली बस्दै आएका साजन र धनकुटा राजारानीकी स्थानीयबासी भेनिषाबीच बौद्धमा भेट हुँदा बौद्धकै शनि, सजित र हत्या अभियोगमा अर्का परिचय खुल्न बाँकी रहेका युवा पनि सँगै थिए । साजनले भेनिषालाई उनीहरुसँग पनि परिचय गराएपछि सबै मिलेर रमाइलो गर्ने भनि ठमेलस्थित एक रेष्टुरेन्टमा पुगेका थिए । साँझ ६ बजेतिर रेष्टुरेन्ट पुगेका उनीहरु त्यहाँ राती ११ बजेसम्म बसेका थिए भने त्यो बीचमा उनीहरु वियर पिएर लठ्ठ भएको प्रहरीले अनुसन्धानबाट खुल्न आएको जनाएको छ । वियरले भेनिषासमेत लठ्न भएको र राती बास बस्नका लागि भन्दै लाजिम्पाटस्थित फरार अभियुक्तको अपार्टमेन्टमा पुगेका थिए । तर, बास बस्न जाने क्रममा बीचबाटोबाटै साजन र सजित भेनिषालाई सनि र फरार युवकको जिम्मा लगाएर छुटिट्एका थिए । अपार्टमेन्टमा सेक्स लफडा प्रहरीका अनुसार ठमेलमा मदिरा पीउने क्रममा भेनिषा र अभियुक्त युवकहरुबीच सामान्य अस्लिल क्रियाकलाप भएपनि कुनै समस्या उत्पन्न भएको थिएन । तर, जब रातको समयमा उनीहरु ठमेलबाट अपार्टमेन्टमा लागे त्यहाँ घटनाले फरक मोड लिन पुगेको थियो । अपार्टमेन्टको फरार व्यक्ति, शनि र भेनिषा पुगेसँगै छैंटौ तलामा रहेको कोठामा सन्नी र भेनिषाले थप १ बोतल बियर पिएका थिए । सोबीचमा फरार व्यक्ति भने अर्के कोठमा सुत्न गएका थिए । मदिरा पिउँदै गर्दा मदिराले मात्तिएका सनी र भेनिषाबीच सहमतीमा शारिरिक सम्पर्क समेत भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । तर पछि सनि र भेनिषा रहेको कोठामा पुगि परिचय नखुलाइएका फरार अभियुक्तले पनि भेनिषासँग शारिरीक सम्पर्क गर्ने प्रयास गरेका थिए । तर, भेनिषाले नमानेपनि उनले जबरजस्ती गर्न खोजेका थिए । सो क्रममा लिम्बु ट्वाईलेटभित्र पसेको र उक्त फरार व्यक्तिले भेनिशसँग ट्वाईलेटमानै जवरजस्ती गर्न खोज्दा नमाने पछी उनलाई अपार्टमेन्टको छैटौं तलाबाट धकाली भुईमा खसाली दिएका थिए । भूईमा खस्दा घाइते भएकी उनलाई ति व्यक्तिले अस्पताल नलगी अन्तत्रै घुमाएको र केही समयपछि उनको मृत्यु हुन भएको प्रहरीले आफ्नो अनुसन्धानबाट खुल्न आएको जनाएको छ ।
उनको मृत्युपछि शबलाई शनि र ति व्यक्ति मिलेर भक्तपुरको नगरकोट नगरपालिका-११ मनपोखरी सडक नजिकै पुर्याई बाँसको झ्याङमा फालेर फर्किएका थिए । त्यतिबेलासम्म बिहानको करीब ३ बजिसकेको पनि खुल्न आएको प्रहरीले जनाएको छ । सोपछि फरार व्यक्ति शनि, साजन र सजितसँगसमेत सम्पर्कविहिन भएका थिए भने पक्राउ गर्ने डरले उनीहरुसमेत भारत र नेपालको सिमा क्षेत्रमा गई लुकिछिपी बसेका थिए । घटना फागुन ८ गते मध्यरातमा घटेको भएपनि मृतक लिम्बुको शब १४ गते भेटिएको थियो । घटनाबारे अनुसन्धान गर्दै जाँदा महानगरीय प्रहरी अपराध महाशाखाको विषेश टोलीले उनीहरुलाई बुधबार सर्लाहीको त्रिभुवननगर गाविस१ बाट पक्राउ गरेर आज सार्वजनिक गरेको हो । उनीहरुलाई अन्य कानुनी कारवाहीको लागी महानगरीय प्रहरी परिसर भक्तपुरमा पठाईएको महाशाखाले जनाएको छ । केहि पहिला मगर चलचित्रकी नायिका समेत रहेकी पोखराकी नेहा पुनको पनि यस्तै प्रकरणमा हत्या भएको खुलासा भएको थियो । यस्तो थियो नेहा पुन प्रकरण
नेहा पुनको हत्यारा सार्वजनिक, यौन प्रस्ताव अस्वीकार आफ्नै धर्म दाईद्वारा हत्या
यी हुन् नेहा पुनको हत्यारा, यसरी गरे हत्या
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण