ब्रसेल्स जल्दा ट्यांगो नाचमै रमाएपछि ओबामाको आलोचना (फोटोफिचर)
काठमाडौं – अहिले बेल्जियमको ब्रसेल्समा आतंककारी हमाला गर्नेहरुको खोजीमा प्रहरी तीव्र रुपमा खटिएको छ । हमालापछि शहरमा ३४ जनाको मृत्यु भएको थियो । यस घटनामा घाइते भएका ९ जना अमेरिकी नागरिक अस्पतालको बेडमा रहेको चिकित्सकहरुले जनाएका छन् ।
घटनामा केही अमेरिकी नागरिक बेपत्ता भएका छन् र उनीहरुको निधन भएको आशंका समेत गरिएको छ । तर अमेरिकी राष्ट्रपति बाराक ओबामा यसबीच अर्जेन्टिनाको ब्युर्नोस आर्यसमा ट्यांगो डान्स गर्दै गरेको तस्विरहरु सार्वजनिक भइरहेको छ । अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो म्याक्रि र प्रथम महिला जुलियानासँगै अमेरिकी राष्ट्रपति ओबामा र प्रथम महिला मिसेल ओबामा डान्स गर्दै गरेको अवस्थामा भेटिए । यसअघि रिपब्लिकन पार्टीका डोनाल्ड टम्पले ओबामालाई ब्रसेल्स आक्रमणपछि अमेरिका फर्कन आग्रह गरेका थिए ।
ओबामा दुई दिने भ्रमणका क्रममा अर्जेन्टिनाको पुगेका हुन् । उनले डिनरपछि फ्लोरमा ल्याटिन नृत्यांगनाहरुसँग डान्सको मज्जा लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण