बिग बोसका लागि सलमानले प्रति एपिसोड मागे १० करोड
बिहीबार, ११ चैत २०७२, १६ : २२
एजेन्सी–रियालिटी शो बिग बोस निकै चर्चित छ । सलमान खानले यस शो चलाउँदै आएका छन् । कार्यक्रम सञ्चालक तथा होस्ट सलमानले १० औँ सिजनमा भने आफ्नो पारिश्रमिक बढाएका छन् । यस वर्ष उनले गत वर्षको तुलनामा ३० प्रतिशत बढी पैसा मागेका हुन् । उनको पारिश्रमिकको आँकडा प्रति एपिशोड १० करोड रुपैयाँ नजिक पुग्छ ।
बिग बोसको ९ औँ सिजनमा सलमानले २९ एपिसोड चलाएका थिए ।एक एपिसोडका लागि उनले झन्डै ८ करोड रुपैया लिए ।
यस हिसाबले पुरै सिजन उनले झन्डै २ सय ८ करोड कमाए ।७ औँ सिजनमा उनले झन्डै ५ करोड प्रति एपिसोड पारिश्रमिक लिएका थिए ।
उनले सातौ सिजनमा २६ एपिसोड चलाएका थिए ।यस हिसाबले सातौ सिजनमा उनको कमाई १ सय ३० करोड थियो ।
आठौ सिजनमा भने उनले आफ्नो फिस केवल ५० लाख बढाएका थिए । अर्थात उनले आठौँ सिजनमा झन्डै ५ दशमलव ५ करोड रुपैया प्रति एपिसोड लिएका थिए ।आठौ सिजनमा उनले २७ एपिसोड चलाए ।यस हिसाबले पुरै सिजनमा उनको कमाई १ सय ४८ दशलमव ५ करोड रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण