धनुषाको मोस्ट वान्टेड सैन्य प्रमुखसहित २ जना पक्राउ
काठमाडौं – धनुषा लगायत तराईका विभिन्न जिल्लाहरुमा विगत केही महिना देखी “जनतान्त्रिक टाईगर जनशक्ति पार्टी” नामको भूमिगत संगठन संचालन गर्ने एक सैन्य प्रमुखसहित दुई जना प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा सैन्य प्रमुख पृथ्वी सिंह भनिने कैलाश ठाकुर र विनोद यादव रहेका छन् । सो संगठनको तत्कालीन सैन्य प्रमुख अजय भन्ने राम रिझन यादव पक्राउ पश्चात पृथ्वी सिंहले सैन्य प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनीहरु हत्या लगायत फिरौती असुल्ने कार्यमा संलग्न रहँदै आएको प्रहरीले बताएको छ । गत माघ २२ गते उनीहरुले धनुषा बालाबाखर वस्ने वर्ष ५० को राजेन्द्र यादवलाई गोली हानी हत्या गरेको र त्यसैको भोलिपल्ट धनुषाकै गणेशमान चारनाथ न.पा.बिरेन्द्र बजार वस्ने नसिम राईसमेतलाई गोली हानी घाईते बनाएका थिए । घटनाहरुमा उनीहरुले सुटरको भुमिका निर्वाह गरेका थिए । त्यस्तै बिभिन्न उद्योगपति व्यवसायी, पेशाकर्मीहरु समेतलाई धाकधम्की दिई अवैध चन्दा असुली गर्ने, फिरौती माग गर्ने लगाएतका कार्यमा प्रत्यक्ष संलग्न आएका थिए । उनीहरुबाट पेस्तोल १ थान र त्यसको म्याग्जिन एक थान र गोली ७ राउण्ड बरामद गरिएको छ । त्यस्तै मोबाइल २ थान र भारतिय सिमकार्ड २ थान र नेपाली सिमकार्ड २ थान पनि बरामद गरिएको छ । हालसम्म पक्राउ परेका नेता तथा कार्यकर्ताहरुलाई संगठित अपराध लगायतका मुद्धाहरुमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरु संलग्न अन्य घटनाहरु घटनाहरु १. मिति २०७२।०९।२८ गते जिल्ला सिरहा स्थित गोपाल पेट्रोल पम्पमा बम बिष्फोट । २. मिति २०७२।१०।२२ गते जि.धनुषा बालाबाखर ४ स्थित राजेन्द्र यादवलाई गोली हानी हत्या । ३. मिति २०७२।१०।२३ गते धनुषा गणेशमान चारनाथ न.पा.बिरेन्द्रबजारमा नसिम राईन र पोर्ताह स्थितमा रामसोगारथ महत्तोलाई गोली हानी घाईते । ४. सो घटनाहरु पश्चात संचार माध्यमहरुमा फोन गरी घटनाको जिम्मा लिएको । ५. बिभिन्न ब्यक्तीहरुलाई धाकधम्की दिई अवैध चन्दा तथा फिरौती असुली । पार्टीबाट हालसम्म पक्राउ परेका अन्य सदस्यहरु रामरीझन यादव वेचन पासवान जसलाल यादव दिलिप भन्ने शुभनारायण यादव नागे साह अनिल डा. भन्ने जोगीन्द्र महत्तो प्रमोद कुमार पुर्वेखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण