नुवाकोटमा एक हजार ३६१ अपराधी फरार
त्रिशूली – नुवाकोटमा विभिन्न अपराधमा संलग्न एक हजार ३६१ अपराधी फरार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला अदालतले अपराध प्रमाणित गरी सजायको फैसलापछि पनि फरार रहेका अपराधीलाई पक्राउ गर्न निर्देशन दिएको छ ।
आज प्रहरीले पत्रकार सम्मेलन गरी अहिलेसम्मका विभिन्न अपराधमा संलग्नहरू फरार रहेको जानकारी दिएको हो । एक हजार ३६१ फरार अपराधीबाट एक हजार १४१ वर्ष आठ महिना १६ दिन कैद भुक्तान र रु ६८ लाख ८४ हजार ९७ जरिवाना असुल उपर गर्न बाँकी रहेको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी देवबहादुर बोहराले जानकारी दिए ।
जगन्य अपराधका फरार अपराधीहरूमा मानव बेचबिखन मुद्दा ९६, कर्तव्य ज्यान मुद्दा २८, डाँका मुद्दा ११, जबर्जस्ती करणी सातजना, लागुऔषध ११, ज्यान मार्ने उद्योग नौ, अपहरणका दुई गरी १६४ जना फरार रहेका छन् ।
अन्य अपराधका फरारहरूमा कुटपिट लुटपाट ५२१, जालसाजी ३१७, विगो भरिभराउ २३४, सम्बन्ध विच्छेद ११, गाली बेइज्जत १०७ गरी एक हजार १९७ जना रहेका छन् । सजाय भुक्तानको फरारहरूमा दुई दिनदेखि २० वर्षसम्म सजाय फैसला भएकाहरू र रु एकदेखि १५ लाख ५७ हजारसम्मको फैसला भएका अपराधी रहेको प्रहरी नाउव उपरीक्षक ऋषि कँडेलले बताए ।
फरार अपराधीहरूलाई पक्राउका लागि प्रहरीले आफ्नो संयन्त्र परिचालन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चालु आवमा नुवाकोट प्रहरीले मानव बेचबिखनका तीन, लागुऔषधका दुई, ज्यान मार्ने उद्योगका एक, नागरिकताको एक र कुटपिट मुद्दाको एक गरी आठजना फरार अपराधीलाई पक्राउ गरी सजाय कार्यान्वयन गराएको प्रहरी नायब उपरीक्षक कँडेलले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण