शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अक्षयको नयाँ अवतार

बिहीबार, ११ चैत २०७२, १७ : ०७
बिहीबार, ११ चैत २०७२
मुम्बई –  आम दर्शकलाई आश्चर्यमा पार्न अक्षयकुमार कहिल्यै पछि पर्दैनन् । उनीबाट जति नयाँ भूमिकाको अपेक्षा गरिन्छ, त्योभन्दा विलकूल फरक भूमिकामा उनी देखिन्छन् । उनले अहिले रजनीकान्त अभिनित २.० चलचित्रमा भिलेनको भूमिका निभाएका छन् । नयाँ लुक्समा अक्षयकुमार निकै अचम्मको देखिएका छन् । सार्वजनिक भएको नयाँ तस्विरले यो बताउँछ कि उनले अहिलेसम्म यस्तो भूमिका कहिल्यै निभाएका छैनन् । बलिउडमा खेलाडीको नामबाट चिनिने अक्षयले जवाहरलाल नेहरु रंगशालामा फुटबल म्याच चल्दै गर्दा जम्प हानेर सबै दर्शकलाई अचम्ममा पारेका थिए । नयाँ चलचित्रमा अक्षय वैज्ञानिकको भूमिका देखिएका छन् । उनी हेर्दा कागजस्तै देखिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप