प्रचण्डलाई मधेसमा नछिर्न उर्दी
वीरगन्ज – मधेसी दलका युवाहरुले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मधेसमा नछिर्न उर्दी जारी गरेका छन् । विभिन्न मधेसी दलका युवाहरु आबद्ध संघीय समावेशी मधेसी युवा गठबन्धन पर्साले प्रचण्डलाई मधेसमा नछिर्न उर्दी जारी गरेका हुन् । वीरगन्जमा भोलि शुरु हुने दोश्रो वीरगन्ज व्यपार महोत्सवको उदघाटन गर्न माओवादी अध्यक्ष प्रचण्ड भोलि वीरगन्जमा आउने कार्यक्रम थाहा पाएपछि मधेसी दलका युवाहरुले आज वीरगन्जको घण्टाघर चोकमा प्रदर्शन र नाराबाजी गर्दै प्रचण्डको पुत्ला समेत जलाएका छन् ।
युवा गठबन्धन पर्साका अध्यक्ष इश्वरचन्द्र यादव र सल्लाहकार ओम प्रकाश सर्राफको अगु्वाइमा रहेका मधेसी दलका युवाहरुले घण्टाघर चोकमा प्रचण्डको पुत्ला जलाउनु साथै सरकार र ठूला तीन दल विरुद्ध नाराबाजी पनि गरेका थिए । मधेसी जनताको विरोधी संविधान जारी गर्न प्रचण्डको मुख्य भूमीका रहेकाले प्रचण्डलाइ मधेसको भूमी वीरगन्जमा छिर्न नदिन चेतावनी दिदै पुत्ला दहन गरिएको युवा गठबन्धन पर्साका सल्लाहकार सर्राफले बताए । आफुहरुको चेतावनीलाइ अटेर गरेर माओवादी अध्यक्ष प्रचण्ड वीरगन्जमा आए प्रतिकार पनि गरिने युवा गठबन्धन पर्साका अध्यक्ष यादवले चेतावनी दिए । प्रदर्शनमा युवा गठबनधनका नेताहरु शेख मुन्ना , फिरोज बादशाहा , असरफ मन्सुरी , विष्णु पटेल , अमीत कुमार , आनन्द गुप्ता , उमाशंकर कलवार , राजीव झा लगायतको पनि सहभागीता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण