शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गुराँस लाइफ इन्स्योरेन्स र प्रभु बैंक  सम्झौता सम्पन्न

बिहीबार, ११ चैत २०७२, १७ : ४६
बिहीबार, ११ चैत २०७२

काठमाडौं–प्रभु बैंक लिमिटेड बुद्धनगरमा आयोजित एक कार्यक्रममा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु बैंक लिमिटेड बीच बैंङ्काइन्स्योरेन्स सेवा उपलब्ध गराउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा प्रभु बैंक का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा गुराँस लाइफ इन्स्योरेन्सका तर्फबाट नायब महाप्रबन्धक नारायण कुमार भट्टराई ले हस्ताक्षर गरे । समझदारी पत्र अनुसार प्रभु बैंक ले आफ्ना ग्राहकको आवश्यकता अनुसार जीवन बीमा गराई ग्राहक सुरक्षाका साथै ऋण रकम समेत सुरक्षीत पार्न सेवा प्रारम्भ गर्नका लागि गुराँस लाइफ इन्स्योरेन्स कम्पनी सँग सहकार्य गरेको छ । गुराँस लाइफ इन्स्योरेन्स ले हालै मात्र शुरु गरेको वार्षिक नगद फिर्ता योजना लगाएत अग्रीम भुक्तानी, सावधिक जीवन बीमा, जीवन श्री र जीवन रक्षक लगायत विभिन्न १० वटा जीवन बीमा योजनाहरुको सेवा प्रदान गर्ने सहमित भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप