उपचार अभावमा युवक ३ वर्षदेखि साङ्लोमा
उदयपुर – उपचार गर्न आर्थिक समस्या भएका कारण उदयपुरका एक युवक ३ वर्षदेखि पशु झै फलामे साङ्लोमा बाँधिएर बस्न बाध्य भएका छन् । जिल्लाको जोगिदह ९ मोतियाईका मानसिक सन्तुलन बिग्रिएका २६ वर्षिय नन्दन राजधामीलाई साङ्लोमा बाँधेर राखिएको हो । उपचार गर्ने पैसा नभएपछि अहिले घरमा नै साङ्लोमा बाँधेर राख्ने गरिएको विरामीकी आमा दुववती राजधामी बताईन । ‘सम्पत्ती टन्न भएको भए मेरो छोरा यसरी मलमुत्रमा डुबेर बस्नु पर्दैन थियो होला तर अहिले भएको जग्गा पनि बेचेर उपचार गरियो न छोरो ठिक भयो न जग्गा रह्यो ’ आमा दुववती राजधामीले दुखेसो पोखिन् । दैनिक रुपमा ज्याला मजदुरी गरेर जिविकोर्पाजन गर्नु पर्ने भएकाले पनि छोरालाई उपचार गर्ने रकम अभावका कारण अस्पताल लौजान नसकेको बाबु बृहस्पती राजधामीले गुनासो पोखे । कमाउने छोरालाई साङ्लोमा बाधेर राख्नु पर्दाको पीडा यसरी पोखे – ‘उपचार गरे निको हुन्छ भनेको सुनेको छु तर कसरी उपचार गर्ने बिहान बेलुकाको छान टार्न समस्या भई रहेको बेला उपचारको त के कुरा हजुर ।’ कसैले दया गरेर उद्धार गरि दिए आफु आभारी हुने कुरा सुनाउदै भाबुक हुदै बृहस्पति राजधामीले भने ‘हामी गरिब मान्छे, अहिले खाँउ भने भरे के खाँउ भन्ने अवस्था छ छोराको उपचार कसरी गर्नु ?’ बनिबुतो गरेर पेट पाल्दै आएकोमा अब त एक जना बनि बुदो गर्न जानुको सट्टा घरमा नै छोरालाई रुङ्गेर बस्नु परेको दुखेसो पोखे । घर एक जनाले नहेरे कति खेर दिसा पिसाब गर्छ त्यो नै खाई देला भन्ने पिर रहेको उनले बताए ।
बाँधेर नराखे घर परिवारका सदस्य तथा गाउँका मानिसलाई आक्रमण गर्ने भएकाले पनि बाँधेर राख्नु परेको छिमेकी भबुराम राईले बताए । चुरिया नजिकैको ऐलानी जमिनमा सानो झुपडी लगाएर बस्दै आएको राजधामी परिवारमा जिविकोर्पाजनका लागि मजदुरी बाहेक अरु कुनै जग्गा जमिन छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण