भारत र चीन जाँदै पर्यटन व्यवसायी
काठमाडौं – विगत एघार महिनादेखि थलिएको नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सुरक्षित र भ्रमण योग्य रहेको सन्देश बोकेर नेपाली पर्यटन व्यवसायी भारत, चीन र दुबईको भ्रमणमा जाँदै छन् । नेपाल एशोसिएसन अफ ट्राभल एण्ड ट्रेकिङ एजेन्सिजका अध्यक्ष मधुसुदन आचार्यकाअनुसार नेपालको पर्यटन बजारलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन तथा विदेशी व्यवसायीसँग सहकार्य गर्नको लागि यो भ्रमण कार्यक्रम गर्न लागिएको हो ।
नेपाल एशोसिएसन अफ ट्राभल एण्ड ट्रेकिङ एजेन्सिजले आज राजधानिमा आयोजना गरेको नेपाल पर्यटन पत्रकार संघ (नाटोज) को कार्यसमितीलाइ बधाई तथा शुभकामना ज्ञापन कार्यक्रमा बोल्दै नेपाल एशोसिएसन अफ ट्राभल एण्ड ट्रेकिङ एजेन्सिजका अध्यक्ष मधुसुधन आचार्यले सन् २००७ देखि ३ विधामा प्रदान गर्दै आइरहेको पर्यटन पत्रकारिता पुरस्कारलाई यो बर्ष बढाएर ५ ओटा विधामा प्रदान गर्ने जानकारी समेत दिए ।
साथै आचार्यले नेपालका पर्यटन गतिविधीलाई अन्तर्राष्ट्रिय स्तरमा सम्प्रेषण गर्न नाटोजले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा नाटोजका केन्द्रीय अध्यक्ष शिव अधिकारीले नेपालको पर्यटन क्षेत्रको स्तरोन्नतिको कार्यमा नाटोज सदा लागि पर्ने बताए । पर्यटन व्यवसायी र पर्यटन पत्रकार मिलेर नेपालको पर्यटन क्षेत्रको विकासमा सहकार्य गर्नुपर्ने धारणा राखे । छिटै नै लुम्बिनी र चितवनमा पनि नाटोजको शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।
कार्यक्रममा नाटोजको केन्द्रीय कार्यसमिती पदाधिकारी, नाटाका पदाधिकारी तथा व्यवसायीको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण