‘भाग्यले बाँचेकाहरु’ लाई पाँचौँ सम्मान
काठमाडौँ– वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले भारतमा फेरि अर्को पुरस्कार जित्न सफल भएको छ ।
भारतको नासिक सहरमा भएको आठौँ नासिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘नेपाल अर्थक्वेक : हिरोज, सर्भाइभर्स एन्ड मिराकल्स’ उत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्र पुरस्कार जित्न सफल भएको हो । महोत्सवमा १२५ वृत्तचित्र प्रतिस्पर्धामा थिए ।
भारतमा लगातार पुरस्कार जित्दा निकै खुसी मिलेको वृत्तचित्रका निर्देशक गणेश पाण्डेले बताउनुभयो । उहाँका अनुसार सो वृत्तचित्रले जितेको यो पाँचौँ पुरस्कार हो । यसअघि काठमाडौँ पर्वतारोहण अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९किम्फ० मा सो वृत्तचित्रले नेपाल पानोरोमामा उत्कृष्ट वृत्तचित्र सम्मान र नागरिक छनोट सम्मान पाएको थियो । भारतको नयाँदिल्लीमा फेब्रुअरीमा भएको तेस्रो नोइडा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भने उत्कृष्ट निर्णायक सम्मान जितेको थियो ।
नेपालको भूकम्पमा पर्दा मृत्युलाई जित्न सफल केही नेपालीको प्रतिनिधिमूलक घटनालाई समेटेर तयार पारिएको सो वृत्तचित्रको अन्तर्राष्ट्रिय संस्करण ४५ मिनेटको छ । यसअघिको नेपाली संस्करण ५५ मिनेटको थियो । अङ्ग्रेजी संस्करणका लागि अमेरिकी चलचित्रकर्मी जोसाय हुपर र सपना शाक्यले परामर्शदाता सम्पादकको भूमिका निर्वाह गरेका थिए ।
शारदा गैरेको निर्माण र कुमार शाहको सम्पादनमा बनेको सो वृत्तचित्रमा ऐतिहासिक धरोहर धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि भूकम्पमा परेर चमत्कारिक रुपमा नयाँ जीवन पाएका नौ नेपालीको कथालाई उतारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण