शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

तीन दिनपछि शव फेला

बिहीबार, ११ चैत २०७२, १९ : १४
बिहीबार, ११ चैत २०७२

धनगढी– कैलाली र सुर्खेतको सीमा हुँदै बग्ने कर्णाली नदीमा तीन दिनअघि भएको डुङ्गा दुर्घटनामा परी हराएकामध्ये एक जनाको शव आज फेला परेको छ ।

बेपत्ताको खोजी कार्यमा खटिएका कैलालीको सुगरखाल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ध्रुव रावलले डुङ्गा चालक अन्दाजी ४५ वर्षीय शिवलाल रिमालको शव घटनास्थलबाट झन्डै ३०० मिटर तल सोही नदीमा तैरिइरहेको अवस्थामा फेला परेको जानकारी दिए ।

प्रहरी टोलीले घटनामा बेपत्ता भएका कैलाली चौमाला गाविस राजिपुरका २५ वर्षीय विजय सापकोटाको खोजी कार्य गरिरहेको छ । घटनामा डुङ्गामा सवार कैलाली चौमालाका भीम साउद भने तत्काल पौडिएर बाँच्न सफल भएका थिए ।

सुर्खेतबाट कैलालीतर्फ आउने क्रममा कैलालीको सुगरखाल गाविसको साँवा भन्ने ठाउँको कर्णाली नदीमा डुङ्गा पल्टिएको थियो । मदिरा सेवन गरेका अवस्थामा डुङ्गामा चढेका तीन जनामध्ये एक जना अकस्मात् नदीमा खसेपछि उनलाई बचाउन नदीमा गएका अरु दुई जना पनि नदीमै बेपत्ता भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप