शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

व्यवसायी नेपाल भ्रमणको सन्देशसहित भारत, चीन र दुबई जाँदै

बुधबार, १० चैत २०७२, १९ : ३२
बुधबार, १० चैत २०७२

काठमाडौं – विगत एघार महिनादेखि थलिएको नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सुरक्षित र भ्रमण योग्य रहेको सन्देश बोकेर नेपाली पर्यटन व्यवसायी भारत, चीन र दुबईको भ्रमणमा जाँदै छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् का अध्यक्ष मधुसुदन आचार्यकाअनुसार नेपालको पर्यटन बजारलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन तथा विदेशी व्यवसायीसँग सहकार्य गर्नको लागि यो भ्रमण कार्यक्रम गर्न लागिएको हो ।

एजेण्टस् द्वारा   राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को कार्यसमितीलाइ बधाई तथा शुभकामना दिन आयोजित  कार्यक्रममा बोल्दै आचार्यले सन् २००७ देखि ३ विधामा प्रदान गर्दै आइरहेको पर्यटन पत्रकारिता पुरस्कारलाई यो बर्ष बढाएर ५ ओटा विधामा प्रदान गर्ने जानकारी समेत दिए ।

साथै आचार्यले नेपालका पर्यटन गतिविधीलाई अन्तर्राष्ट्रिय स्तरमा सम्प्रेषण गर्न नाटोजले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा नाटोजका केन्द्रीय अध्यक्ष शिव अधिकारीले नेपालको पर्यटन क्षेत्रको स्तरोन्नतिको कार्यमा नाटोज सदा लागि पर्ने बताए । कार्यक्रममा नाटोजको केन्द्रीय कार्यसमिती पदाधिकारी, नाटाका पदाधिकारी तथा व्यवसायीको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप