लागु औषधसहित दुई जना युवक पक्राउ
बिहीबार, ११ चैत २०७२, १९ : ३७
राजविराज–सप्तरी प्रहरीले लागु औषधसहित दुई युवकलाई आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले राजविराज नपा–८ स्थित कुनौली मोडबाट लागुओषधसहित दुई जना युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सप्तरीको मानराजा गाविस–२ बस्ने १९ वर्षीय अनिलकुमार झा र सोही ठाउँका २१ वर्षीय नरेश साह (शकर) रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छन् । उनीहरुको साथबाट फेनारगन, डाईजेपाम–३/३ थान र नाइट्रोजन १६ थान ट्यावलेटस बरामद गरिएको हो ।
पक्राउ परेको दुवै जनामाथि लागु औषध अन्तर्गत मुद्दामा म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण