शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विष्णु माझीले दिलमा त अर्कैलाई लुकाएर राखेपछि विनय र सुमनलाई तनाव

बिहीबार, ११ चैत २०७२, १९ : ४५
बिहीबार, ११ चैत २०७२

काठमाडौं – सांगितिक क्षेत्रमा अनवरत रुपमा आफ्नो यात्रालाई सम्भावनाका साथ अगाडि बढाउँदै आएका युवा गायक विनय खत्री हाल स्रोताको मन जित्न सफल छन् । विभिन्न गीतहरुमा आवाज दिँदै स्रोता–दर्शकको मन जितेका खत्रीको पछिल्लो पटक बहुचर्चित गायीका बिष्णु माझिसँग ‘मायामा पागल’ र ‘दिलमा त अर्कैलाई’ नयाँ गीतको माध्यमबाट बजारमा आएका छन् ।

मायामा पागलको चौतर्फी सफलता पश्चात उनले फेरी बिष्णु माझीसँग नयाँ गीत बजारमा ल्याएका हुन् । गुल्मी जिल्लामा जन्मेका विनय चन्चले स्वभावका गायक हुन् । केहि दिनबाट बजारमा आएको गीतले निकै चर्चा कमाएको छ । हालसम्म आधा दर्जन भन्दा बढी गीतहरुमा आवाज भरेका खत्रीलाई प्रतिभाशाली गायक भनेर चिनिन्छ ।

नेत्र अर्यालको लय र शब्दमा रहेको गीत माया प्रेममा आधारित रहेका सोहि गीतका सर्जक नेत्र अर्यालले बताए । सेर शिंह खड्का र सुगम घर्तीको प्रस्तुतिमा बजारमा आएको गीतलाई बागिमा डिजिटलले बजार व्यवस्थापन गरेको छ भने म्यूजिक भिडियो पनि उत्कृष्ट रहेको कम्पनी संचालक सहदेव कोइरालाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप