पाँच वर्षीय नाबालक मृत फेला
बिहीबार, ११ चैत २०७२, १९ : ५२
बनेपा– काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा आज पाँच वर्षीय नाबालक मृत अवस्थामा फेला परेका छन् ।
बुधवारदेखि बेपत्ता भएका सिन्धुपाल्चोकको ठोकर्पाका सिताराम खरेलका पाँच वर्षीय नाबालक सौरभ खरेल पानी जमेको खेतमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नविनराज राईले जानकारी दिए । नाबालक खरेल पाँचखालमा मामाघर आएका थिए । प्रहरीले उनको डुबेर मृत्यु भएको हुन सक्ने आशङ्का गरेको छ ।
यसैबीच बनेपाको पुरानो तरकारी बजारनजिकै आज ना३ख २४६० नं टिपरको ठक्करबाट बाटो काट्न लागेका कृष्णमाया कारञ्जित र अनुपम कर्माचार्य घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण