हजार बढी अपराधी फरार
नुवाकोट– यहाँ विभिन्न अपराधमा संलग्न एक हजार तीन सय ६१ अपराधी फरार छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला अदालतले अपराध प्रमाणित गरी सजायको फैसला दिएपछि पनि फरार रहेका अपराधीलाई पक्राउ गर्न निर्देशन दिइएको छ ।
आज प्रहरीले पत्रकार सम्मेलन गरी फरार अपराधीबाट एक हजार एक सय ४१ वर्ष आठ महिना १६ दिन कैद भुक्तान र रु ६८ लाख ८४ हजार ९७ जरिवाना असुल गर्न बाँकी रहेको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए ।
जघन्य अपराधका फरार अपराधीमा मानव बेचविखन, कर्तव्य ज्यान, डकैती, जबरजस्ती करणी, लागुऔषध, ज्यान मार्ने उद्योग, अपहरण, कुटपिट लुटपिट, जालसाजी बिगो भरिभराउ, सम्बन्धबिच्छेद र गाली बेइज्जतीका रहेको प्रहरी नायब उपरीक्षक ऋषि कँडेलले बताए ।
फरार अपराधीलाई पक्राउका लागि प्रहरीले आफ्नो संयन्त्र परिचालन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालु आवमा नुवाकोट प्रहरीले मानव बेचविखनका तीन, लागुऔषधका दुई तथा ज्यान मार्ने उद्योग–नागरिकता र कुटपिट मुद्दाका एक एक फरार अपराधीलाई पक्राउ गरी सजाय कार्यान्वयन गराएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण