राष्ट्रपतिसँग जर्मनेली सांसदको सामूहिक भेट
बिहीबार, ११ चैत २०७२, २० : ०२
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको भ्रमणमा रहेको सङ्घीय गणतन्त्र जर्मनीका पाँच सदस्यीय सांसदको टोलीले आज अपराह्न राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गरेको छ ।
त्यस अवसरमा नेपाल र जर्मनीबीचको सम्बन्ध, सहयोग र पारस्परिक हितका विविध विषयमा छलफल हुनाका साथै आपसी मैत्री एवम् सहायतालाई थप सुदृढ तुल्याउने बारेमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भूकम्पपछिको पुनःनिर्माणमा केन्द्रित रहेर जर्मनीको सङ्घीय संसद्मा प्रतिनिधित्व गर्नुभएका विभिन्न राजनीतिक दलका नेताले राष्ट्रपतिलाई जर्मनीका सरकार, जनता र सङ्घसंस्थाले नेपाललाई सघाउन तत्पर रहेको जानकारी गराएका थिए । भेटमा सांसद डागमर जी होर्ल, जुर्गेन क्लिम्की, स्टाफन रेबमान, हाइक हानसेल र विइ केकरिट्ज तथा नेपालका लागि जर्मनीका राजदूत माथियाज मेयर सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण