ब्रसेल्स घटनाप्रति कांग्रेसद्वारा भत्र्सना
काठमाडौँ– बेल्जियमको राजधानी ब्रसेल्सका विभिन्न स्थानमा मङ्गलबार भएको आतङ्कवादी आक्रमणप्रति नेपाली काँग्रेसले भत्र्सना गरेको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गरी तीन ठाउँमा भएको आक्रमणबाट करिब ५० जनाको निधन भएको र २५० भन्दा बढी मानिस घाइते भएको भन्दै दुःख व्यक्त गरेका थिए ।
विज्ञप्तिमा भनिएको छ– “युरोपको अत्यन्त व्यस्त विमानस्थलका रुपमा परिचित जाभेन्टम विमानस्थल तथा मेट्रो स्टेसनमा निर्दोष यात्रुहरुलाई लक्षित गरी गरिएको आतङ्ककारी हमला घटना अत्यन्त निन्दनीय छ । युरोपियम मुलुकमा एकपछि अर्को आतङ्ककारी हमलाको पुनरावृत्तिले सम्पूर्ण विश्व समुदाय आतङ्कवादका विरुद्ध एकजुट हुन सबैलाई आग्रह गर्दछु ।”
काँग्रेसले यस दुःखद घडीमा बेल्जियम सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गर्दै घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त घृणित कार्यमा संलग्नलाई कडा कारबाहीको माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण