क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
भक्तपुर– फागुपूर्णिमाका अवसरमा भक्तपुर बहुमुखी क्याम्पसमा आयोजित फागुसम्बन्धी सांस्कृतिक कार्यक्रमलाई लिएर नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ (नेक्राविसङ्घ)ले क्याम्पस प्रमुखको कार्यकक्षमा आज तालाबन्दी गरेको छ ।
सांस्कृतिक कार्यक्रमका नाममा क्याम्पसभित्र विद्यार्थीलाई मादक पदार्थ र धूमपान सेवन गराई हुलदङ्गा गराएको भन्दै नेक्राविसङ्घले तालाबन्दी गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
नेक्राविसङ्घले गत फागुन २८ गते प्रजिअ, महानगरीय प्रहरी परिसर भक्तपुर र भक्तपुर बहुमुखी क्याम्पसका प्रमुख समक्ष ज्ञापनपत्र बुझाएर क्याम्पस परिसरभित्र मादक पदार्थ र धूमपान सेवन गरी हुलदङ्गा भड्किने कुनै पनि कार्यक्रम नगर्न अनुरोध गरे पनि त्यसलाई बेवास्ता गरेर सांस्कृतिक कार्यक्रमका नाममा क्याम्पस हाताभित्र अनैतिक काम गर्न छुट दिएकाले विद्यार्थीहरु आन्दोलनमा उत्रिएको जनाएको छ ।
नेक्राविसङ्घले पूर्वाधार र सन्दर्भ सामग्रीको बन्दोबस्त र सरोकार भएका विद्यार्थीसँग अन्तक्र्रिया नगरी प्रशासनले मनपरी र एकपक्षीय रुपले व्यवस्थापन सङ्कायको स्नातकोत्तर तहको शोधपत्र विषयमा गरेको शुल्कवृद्धि खारेज हुनुपर्ने, शिक्षक कर्मचारी नियुक्ति खुला प्रतिस्पर्धाबाट निष्पक्ष, प्रक्रियासँग र पारदर्शी तवरले हुनुपर्ने तथा विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने माग समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण