बियरको बोतलले हानेर छोराद्वारा बाबुको हत्या
लहान– सिरहाको धनगढीमाई नगरपालिकामा आज साँझ एक युवकले आफ्नै बाबुलाई बियरको बोतलले टाउकामा प्रहार गरी हत्या गरेको अभियोग लगाइएको छ ।
धनगढीमाई –१० निवासी २० वर्षीय सञ्जय सदाले बोतलले प्रहार गरी आफ्नै बाबु ४० वर्षीय लक्ष्मीको हत्या गरेको अभियोग प्रहरीले लगाएको छ ।
बुहारीले राखेको पैसा झिकेका विषयमा बाबुले गाली गरेपछि छोराले आवेगमा आई बाबुको हत्या गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो । टाउकामा बोतलले लागेर सदाको घटनास्थलमै मृत्यु भएको र अभियुक्त सञ्जयलाई इलाका प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा लिएको छ । यसैबीच सिरहाको मिर्चैया नगरपालिका–९ निवासी २६ वर्षीय पवनकुमार तामाङमाथि आज खुकुरी प्रहार भएको छ । रिसइबीका कारण आशामान तामाङ र उहाँका छोरा १८ वर्षीय नरेशले पवनको टाउकामा खुकुरी प्रहार गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
घाइते तामाङको मङ्गलम अस्पतालमा उपचार भइरहेको मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । अभियुक्तमध्येका नरेश प्रहरीको नियन्त्रणमा रहेको र आशामानको खोजतलास भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण