व्यवसायी राणाको निधन
बिहीबार, ११ चैत २०७२, २३ : ००
काठमाडौँ – वरिष्ठ उद्यमी एवम् बैङ्कर नूरप्रताप जङ्गबहादुर राणाको ७६ वर्षको उमेरमा आज निधन भएको छ ।
फोक्सोको समस्याबाट पीडित राणाको उपचाका क्रममा भारतको नयाँदिल्लीस्थित फोर्टिस अस्पतालमा निधन भएको युनिभर्सल ग्रुपका मानव संसाधन प्रमुख सुरेन्द्र निरौलाले जानकारी दिए । राणा चर्चित गोल्ड स्टार जुत्ता र हात्तीछाप चप्पल कम्पनीका मालिकका साथै कुमारी बैंकका पूर्वअध्यक्षसमेत थिए ।
राणाको लगानीमा अन्य ठूला उद्योगहरु समेत सञ्चालनमा रहेका छन् । उनको लगानीमा युनिभर्सल फर्मास्युटिकल्स औषधि उद्योग र त्रिशूल ग्याससमेत सञ्चालनमा छ । स्वर्गीय राणाका श्रीमती, एक छोरा र एक छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण