शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मिडिया हबका मालिकमाथि कलाकारको पैसा खाएर अमेरिका भाग्न खोजेको आरोप

बिहीबार, ११ चैत २०७२, २३ : ०५
बिहीबार, ११ चैत २०७२
काठमाडौं– मिडिया हवका कार्यकारी निर्देशक सोम धितालमाथि कलाकारको पैसा खाएको आरोप लागेको छ । नेपाल टेलिभिजनबाट टेलिश्रृंखला ल्याईदिन्छु भन्दै उनले कलाकारसँग पैसा उठाएको तर पैसा उठाएपछि भने त्यत्तिकै अमेरिका भाग्न खोजेको आरोप लागेको हो । केहि समयअघिसम्म भद्रगोल टेलिश्रृंखलामा अभिनय गरेर ‘धतुरे’ नामले परिचित भएका कलाकार सिपी पुडासैनीले धिताल कलाकारको पैसा खाएर भाग्न खोजेको आरोप लगाएका छन् । गत वर्षको असार महिनामा तेह्र लाख पचास हजार रुपैयाँ धितालले आफूसँग लिएका तर उनले कार्यक्रम भने अहिलेसम्म नमिलाइदिएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । लामो समयसम्म पनि धितालले कार्यक्रम नमिलाइदिएपछि पटक पटक पैसा फिर्ता माग्दा पनि पाउन नसकेको भन्दै उनले छोरालाई भेट्ने बाहनामा धिताल बैशाख पहिलो साता अमेरिका भाग्न खोजेको आफूले थाहा पाएको दाबी गरेका छन् । उनले फेसबुकमार्फत नेपाल टेलिभिजनलाई मिडिया हबले करोडौं तिर्न बाँकी रहेको खुलासा समेत गर्दै यसै कारणले नेपाल टेलिभिजनले मिडिया हबको कार्यक्रम विगतदेखि नै रोक्दै आएको बताएका छन् । के भन्छन् धिताल ? कलाकारहरुसँग पैसा उठाउँदै अमेरिका भाग्न खोजेको भन्दै सिपी पुडासैनी ‘धतुरे’ ले फेसबुकमार्फत आरोप लगाएपछि धितालले आफूमाथि बदनाम गर्न खोजिएको प्रतिक्रिया दिए । यद्यपी उनले उनीसँग पैसा लिएको भने साँचो भएको बताए । धितालले रातोपाटीसँग भने, ‘सिपीसँग पैसा लिएको सत्य हो ।’ तर, पैसा खाएर अमेरिका भाग्न खोजेको भन्ने कुराचाहिँ गलत छ ।’ उनले थपे, ‘पैसा समयमा दिन सकिन, । भोली अर्थात शुक्रबारसम्म दिन्छु भनेको थिएँ । तर, सिपीले फेसबुकमा अनेका थरी लेखेर बदनाम गर्न खोज्नुभएछ । पैसा दिन्न भनेको थिइँन् दिन्छु भनेको नै थिएँ । तर, उनले फेसबुकमा यस्तो लेख्दा मलाई मात्र होइन उहाँलाई पनि असर पर्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप