भूमिगत सङ्गठनका सैन्य प्रमुख पक्राउ
जनकपुरधाम– ‘जनतान्त्रिक टाइगर जनशक्ति पार्टी’नामक भूमिगत सङ्गठनका सैन्य प्रमुख पृथ्वीसिंह भनिने कैलाश ठाकुरलाई प्रहरीले आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा ठाकुरलाई आज सार्वजनिक गरिएको कार्यक्रममा ठाकुरलाई गत माघ २२ गते नेपाली काँग्रेसका कार्यकर्ता राजेन्द्र यादवलाई गोली हानी हत्या गरेको र सोही दलका नसिम राईनलाई गोली हानी घाइते बनाएको आरोप लगाइएको छ ।
प्रहरी उपरीक्षक रामदत्त जोशीले ठाकुर घटनामा सुटरको भूमिका निर्वाह गर्ने, फिरौती माग गर्ने र उद्योगपति, व्यवसायी, पेसाकर्मीलाई धम्की दिई अवैध चन्दा असुली गर्नेलगायत कार्यमा प्रत्यक्ष संलग्न रहेको बताए ।
सिरहा जिल्ला मिर्चैया नयरपालिका वडा नं ६ का २० वर्षीय ठाकुरले सो सङ्गठनका तत्कालीन सैन्य प्रमुख अजयसिंह भनिने रामरिझन यादव पक्राउ भएपछि सैन्य प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
त्यस्तै प्रहरीले ठाकुरका सहयोगी र हातहतियार ओसारपसार गर्ने कारी भनिने विनोद यादवलाई समेत पक्राउ गरेको छ । सिरहा जिल्ला भेडिया गाविस–३ का ३० वर्षीय विनोदलाई गोली हानी हत्या गर्ने र बम विस्फोट गराउने कार्यमा संलग्न रहेको अभियोग लगाइएको छ । ठाकुर र विनोदबाट पेस्तोल र म्यागजिन एक एक थान, गोली सात राउन्ड तथा मोबाइल, भारतीय सिमकार्ड र नेपाली सिमकार्ड दुई दुई थान बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण