महानगरमा ६ हजार सौर्य बत्ती जडान गरिने
काठमाडौँ– रु ८० करोडको लगानीमा काठमाडौँ महानगरपालिका (कामपा) को विभिन्न सडकमा छ हजार ‘सौर्य सडक बत्ती’ जडान गरिने भएको छ ।
कामपाका सडकलाई उज्यालो पार्न समुदायमा आधारित सौर्य सडक बत्ती जडान गर्न लागिएको हो । कामपा, भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीका अनुसार बत्ती जडानका लागि १५० निवेदन परेको छ । सौर्य बत्ती जडान गर्न उपभोक्ताले १५ प्रतिशत, महानगरपालिकाले २५ प्रतिशत र सरकारले ६० प्रतिशत लगानी गर्ने छन् । विद्युत्भार कटौतीको समयमा राजधानीलाई उज्यालो बनाउन सौर्य बत्ती जडान गर्न लागिएको रेग्मीको भनाइ छ ।
त्यस्तै राति आवागमन सहज हुने, दुर्घटना कम हुने र आपराधिक क्रियाकलाप कमी ल्याउन सहयोग पुग्ने अपेक्षासहित सौर्य बत्ती कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । यस कार्यक्रमअन्तर्गत विद्यालय, अस्पताल, सार्वजनिक सङ्घसंस्था र सेवामूलक क्षेत्रलगायतले संस्थागत रुपमा सोलार राख्न चाहेमा ७० प्रतिशत सरकारले लगानी गर्नेछ भने ३० प्रतिशत सम्बन्धित संस्थाले नै लगानी गर्नुपर्ने छ ।
प्रमुख रेग्मीका अनुसार पोलसहित एउटा सौर्य बत्ती जडान गर्न रु एक लाखसम्म लगानी लाग्नेछ । अठारौँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनका समयमा नारायणगोपालचोक, बानेश्वर, कोटेश्वर, सिंहदरबार, माइतीघर, थापाथली र पुरानो बसपार्कलगायत स्थानमा सौर्य जडान गरिएको थियो ।
सार्क सम्मेलनका क्रममा महानगरपालिकाले सौर्य प्रणाली जडान गर्न रु १० करोडको लगानी गरेको थियो । त्यसबेला १५० वटा सौर्य बत्ती राखिएका थिए । त्यतिबेला जडान भएका सौर्य बत्ती मर्मत सम्भारको अभावमा केही बिग्रिएका छन् । महानगरले विगतमा जडान गरिएका सौर्य प्रणालीको मर्मत सम्भारमा समेत ध्यान दिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण