शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लाइभ म्यूजिकमा ‘एक्स ब्यान्ड’

शुक्रबार, १२ चैत २०७२, ०० : ०६
शुक्रबार, १२ चैत २०७२

काठमाडौं– फेम नेपालले अघिल्लो महिनादेखि सुरु गरेको ‘लाइभ म्यूजिक एरा २०१६’को दोस्रो श्रृंखलामा ‘एक्स ब्याण्ड’ प्रस्तुत हुने भएको छ । दरबारमार्गस्थित ‘भिक्ट्री लन्ज’मा उनीहरुले आउँदो शनिबार आफ्ना चर्चित गीत सुनाउने छन् ।

सन् १९९३ देखि निरन्तर गायन यात्रामा संलग्न ‘एक्स ब्यान्ड’ले कार्यक्रममा दर्जनभन्दा बढी गीत सुनाउने आयोजकले जनाएको छ ।

शिव मुखिया, सुरेन श्रेष्ठ र सजल राजभण्डारी सम्मिलित ब्यान्डका ‘लुक्न देऊ’, ‘चिया बारीमा’, ‘तिम्रो नजरल’, ‘दिन मात्र होइन तिमीलाई’, ‘कर्के हेराइले’ जस्ता गीत चर्चित छन् ।

बेलुकी ९ बजेबाट सुरु हुने कार्यक्रमलाई मोडल आयुष्मा सिंहले सञ्चालन गर्ने छिन् भने ‘डिजे रेडमस’ र ‘डिजे बिपीएम’ले डिजेइङ गर्नेछन् ।

बेलुकी ९ बजेबाट सुरु भएको कार्यक्रम रातको ३ बजेसम्म चल्ने आयोजक फेम नेपालले जनाएको छ ।

फेम नेपालले अघिल्लो श्रृंखलामा भारतीय मूलका नेपाली गायक विपुल क्षेत्रीलाई प्रस्तुत गरेको थियो । पहिलो श्रृंखलाबाटै सफलताको स्वाद चाखेको फेम नेपालले वर्षभरि नै चर्चित गायक तथा ब्यान्डलाई लाइभ म्यूजिकमा प्रस्तुत गर्ने जनाएको छ । अर्को श्रृंखलामा सुगम पोखरेललाई प्रस्तुत गर्ने तयारी भइरहेको आयोजक साइमन राईले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप