स्थानीय प्रहरीले गरे आफ्नै सात जना साथीको हत्या
कान्दाहार– अफगानिस्तानका सात जना प्रहरीलाई उनीहरुका आफ्नै साथीले गोली हानी हत्या गरेको छ । प्राप्त समाचारमा कान्दाहार प्रान्तको एक प्रहरी चौकीमा कार्यरत स्थानीय प्रहरीले आफ्नै सात जना साथीको हत्या गरेका जनाइएको छ ।
ड्युटीमा खटिएका प्रहरीले आफ्नै साथीतर्फ बन्दुक फर्काएका थिए । गोली हानी ती प्रहरीले साथीको हत्या गरको समाचारको अफगान प्रहरीले नै पुष्टि गरेको छ । एकजना प्रान्तीय प्रहरी अधिकारीले भने– अर्गान्दबादमा रहेको एक प्रहरी चौकीमा कार्यरत रहेकै बेला बुधबार मध्यराति आपसमा गोली हानेर एक अर्काको हत्या गरेका छन् ।
प्राप्त समाचारमा ती प्रहरीको सुतिरहेको बेलामा हत्या गरिएको हो । हत्यामा सम्लग्नहरु भने त्यस घटनापछि भागेको पनि उक्त समाचारमा जनाइएको छ । उक्त नगरमा स्थानीयको सुरक्षाका लागि भन्दै अफगान सरकारले सन् २०१० मा मात्र सो प्रहरी चौकी स्थापना गरेको हो ।
प्रान्तीय प्रवक्ता समिम खप्लकले उक्त दुर्घटनाको पुष्टि गरेका छन् । उनले सो दुःखद घटनापछि त्यहाँ अनुसन्धान भइरहेको पनि जानकारी दिए । यस घटनामा आफूहरुको हात रहेको भन्दै अफगानिस्तानमा हत्या हिंसाको शृङ्खला जारी राखेको तालिवानले यसको जिम्मेवारी लिएको छ ।
कान्दाहार प्रान्तमा मात्र यस वर्षको सुरुदेखि आजसम्ममा यसरी आफ्नै साथीबाट हत्या भएका प्रहरीको सङ्ख्या दुई दर्जनभन्दा पनि धेरै रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण