दूध बेच्न दैनिक छ घण्टा पैदल
मल्लाज(पर्वत) – उत्तरी पर्वतको लेकफाँटका कृषकहरु दैनिक छ घण्टा पैदल हिँडेर म्याग्दीको सदरमुकाम बेनीमा दूध बेच्न आउने गरेका छन् ।
गाउँमा सडक पुगेको बर्षौ भएपनि यातायातका साधन नचल्दा लेकफाँटका कृषकहरु पिठ्युमा बोकेर ढूध ढुवानी गर्न बाध्य भएका हुन् । गाउँमा यातायात र दूध संकलन गर्ने व्यवस्था नहुँदा दूधको भारी बोकेर बेनी आउने गरेको लेकफाँट २ गडेखोलाका कृषक बाबुराम रेग्मीले बताए ।
दश वर्षदेखि लेकफाँटदेखि बेनीमा दूध ल्याएर बिक्री गर्दै आएका ४६ वर्षिय रेग्मीले बेनी आउन तिन घण्टा ओरालो र बेनीबाट घर फर्कन थप तिन घण्टा उकालो हिँड्नुपर्ने बाध्यता रहेको बताए ।
पर्वतको धाईरीङ मिलनचोक हुदै लेकफाँट जोड्ने सडक घुमाउरो, कच्चि, प्राविधिक हिसावले कमजोर हुँदा न्युन मात्रामा सार्वजनीक यातायातका साधन चल्छ । गाडी रिजर्भ गरेर अथवा आफैँले गाडी किन्न सक्ने अवस्था नहुँदा कृषकहरुलाई दूध ढुवानी गर्न समस्या भएको हो । लेकफाँट २ गडेखोलाका बाबुराम रेग्मी, शालीग्राम सुवेदी, नरहरी सुवेदी, मोहदत्त सुवेदी, हरिकला पौडेल र देवीकला सुवेदीले गाउँमा संकलन हुने दूध बेनीमा ढुवानी गर्दै आएका छन् । उनिहरुले आफ्नो घर र छिमेकीले उत्पादन गरेको ढूध संकलन गरेर ग्यालीन र बोत्तलमा राखेर बेनीका डेरी तथा उपभोक्ताको घरमा लगेर बेच्ने गरेका छन्
लेकफाँटबाट बेनीमा दैनिक एक सय ८० लिटर दूध ल्याउने गरेका छन् । ढुवानीको समस्याले गर्दा दुख पाउने र समय धेरै खर्च हुनुका साथै दूधको उचित मूल्य पनि पाउन नसकेको कृषक शालीग्राम सुवेदीले बताए । गाउँमा कृषकले प्रतिलिटर ४० रुपैयाका दरले दूध बेच्ने गरेका छन् । बेनीमा ल्याएर ५० रुपैया प्रतिलिटरका दरले बिक्री हुन्छ ।
बेनीमा दूध बेच्ने अन्य ठाउँका कृषकले प्रतिलिटर ५७ रुपैया सम्म पाउँछन् । दूधको भारी बोकेर जंगल, भिर र खोल्साको बाटो हिँड्दा दुख भएको कृषक सुवेदीको अनुभव छ । आयआर्जनको अन्य विकल्प नभएकाले उत्पादन गरेको ढूध बिक्री गर्नका लागि भारी बोकेर बेनी आउनुपर्ने बाध्यता रहेको कृषकहरु बताउँछन् । लेकफाँटका ३० घरधुरीले ब्यवसायीक रुपमा भैसीपालन गरेर दूध उत्पादन गर्दै आएका छन् ।
लेकफाँटमा केही वर्षअघि दूध संकलन केन्द्र स्थापना भएपनि केही दिन सञ्चालन भएर बन्द भएको थियो । जिल्ला पशु सेवा कार्यालयले दूध संकलन गर्ने र ढुवानी गर्ने सामानहरु पनि दिएको थियो । दूग्ध संकलन केन्द्र पुन सञ्चालनमा ल्याउन सकेमा धेरै राहत हुने कृषक नरहरी सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण