शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दुर्घटनामा एकको मृत्यु, छ घाइते

शुक्रबार, १२ चैत २०७२, ०७ : ३४
शुक्रबार, १२ चैत २०७२

नवलपरासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रामनगरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिहीबार भएको सो दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् ।

घाइते बुटवल–१५ निवासी ६५ वर्षीय सन्तबहादुर कार्कीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फआउँदै गरेको लु१ख ९४५९ नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको बा७च ४५२४ नम्बरको कार एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप